फ्रि टेस्टिङ्ग संगै ककालु मार्टको फाष्टफुड सञ्चालनमा

कञ्चनपुर ०२ बैशाख ।
कञ्चनपुरमा रहेको एक जना मार्ट व्यवसायीले नयाँ सेवासुविधाको साथमा फास्टफुड सञ्चालनमा ल्याएको छ ।
भीमदत्त नगरपलिका ०४ स्थित रहेकोे ककालु मार्टले ककालु फाष्ट फुड सञ्चालनमा ल्याएको हो । नयाँ बर्षलाई मध्य नजर गर्दै सेवाग्राहीहरुको माग अनुसार मंगलबार देखी ककालु मार्टले ककालु फाष्ट फुड सञ्चालनमा ल्याएको उक्त व्यवसायका सञ्चालक जितेन्द्र चन्दले बताएका छन । फास्टफुडका सञ्चालक चन्दका अनुसार ‘बेलुका ५ बजे देखि राति ९ बजे सम्म फाष्ट फुड सेवा प्रदान गरिने छ ।’
थ्रि स्टार फुड प्रा.लि. बाट उत्पादित भएका परिकारहरुको स्वाद मंगलबार २ गते निःशुल्क रुपमा सेवाग्रहीहरुलाई उपलब्ध गराएका थिए जसमा आईसक्रिम, विभिन्न प्रकारका ससेज, मः म रहेका थिए । सेवाग्रहीहरुले उक्त परिकार स्वादिष्ट रहेको बताए । ककालु फाष्ट फुडमा थ्रि स्टार फुड कम्पनीका परिकार रहेन छन् जुन स्वादको साथै पौष्टीक आहारको रुपमा पनि रहने सञ्चालक चन्दले बताए ।
हजुरआमा कलावती चन्द र हजुरवुवा कालु चन्दको नाम बाट सञ्चालनमा ल्याएको ककालु मार्टले विगत लामो समय देखि सेवा दिदै आएको छ । कोरोना कालमा पनि स्थानिय जनतालाई सेवा दिएको, उक्त मार्टले नयाँ वर्ष सँगै हालै निर्माण गरेको बैजनाथ माध्यमिक विद्यालयको सटरबाट सञ्चालन गर्ने भएको छ ।

ताजा खबर

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

युवाबर्ष माविद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च 

  कञ्चनपुर, मंसिर १९ कञ्चनपुरको एक सामुदायिक विद्यालयले नेपाल पत्रकार महासंघका...

बरिष्ठ अधिवक्ता चन्दद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च 

धनसिह धामी  कञ्चनपुर, मंसिर १८  कञ्चनपुरका एक कानुन व्यवसायी(बरिष्ठ अधिवक्ता) पूर्ण...

अलौकिक मनोवैज्ञानिक स्वास्थ्य उपचार शिविर सञ्चालन हुने

कञ्चनपुर, १७ मंसिर कञ्चनपुरको दोधारा चादनी नगरपालिकामा यही मंसिर २०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?