सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव शुरु 

 

रमेश भट्ट

कञ्चनपुर, १५ माघ

कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव शुरु भएको छ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पर्यटकिय सम्पदाको पहिचान सम्बृद्धि एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नारा अघि सारेर सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक कञ्चनपुर पर्यटन महोत्सव संचालन भएको हो ।

मंगलबार देखि नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिका–४ महेन्द्रनगर खुला मञ्चमा शुरु भएको महोत्सवको एक कार्यक्रमका विच पुर्वमन्त्री एवं सांसद प्रकास रावलले उद्घघाटन गरेका छन ।

महोत्सव उद्घाटन गर्दै पुर्वमन्त्री रावलले महोत्सवबाट आर्थिक गतिबिधि संचालन हुने बताए । उनले सुदूरपश्चिम प्रदेशका थुप्रै आर्थिक सम्भावना भएकाले सरकारले त्यसतर्फ समेत जोडदिनुपर्ने बताए । पुर्वमन्त्री रावलले सुदूरका ठुला आयोजना संचालनमा सरकारले चासो नै नदिएको समेत दुख व्यक्त गरेका छन ।

प्रचण्ड नेतृत्वको सरकारले अघि सारेका सुदूरका विकास निर्माणका योजना अहिलेको सरकारले ओझेलमा राखेपछि सुदूरको बृद्धि विकासमा बाधा उत्पन्न भएको उनको भनाई छ । मेला महोत्सवबाट सुदूरको मौलिक साँस्कृतिका साथै पर्यटन, व्यापार आर्थिक बृद्धि विकासमा टेवा पुग्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय सदस्य जनकराज जोशीले ग्रामिण भेगमा उत्पादित बस्तु तथा सेवाको प्रर्बद्धनका लागि मेला संचालन गरिएको बताए । जोशीले महोत्सवले थलिएको अर्थतन्त्र समेतमा केही टेवा पुग्ने बताए ।

कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज पनेरुले पछिल्ला बर्षहरुमा थलिरहेको आर्थिक कारोकार मेला, महोत्सवका माध्यमबाट समेत अघी बढाईन लागेको बताए । ‘हाम्रा स्थानीय एव स्वदेश बस्तु तथा सेवा मेलाका माध्यामबाट प्रर्दशनी गर्ने, बिक्रि वितरणदेखि प्रर्बद्धन गर्ने हो, ‘महासचिव पनेरुले भने, ‘जसका कारण पनि हाम्रा उत्पादनक किसान देखि उद्योगी, व्यवसायी प्रोत्साहित हुन्छन ।’ मेला उद्घाटनका लागि सुदूरपश्चिम प्रदेशको लोक छलिया, देउडा, थारुनाच एव स्थानीय कलाकारबाट नृत्य प्रस्तुत गरिएका थिए । उद्घाटन कार्यक्रममा नेकपा माओवादी कञ्चनपुरका संयोजक खेमराज पाण्डेय, भीमदत्त नगरपालिका ७ का वडाध्यक्ष गणेश चन्द, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामी, नेकपा माओवादी कञ्चनपुरका संयोजक नेपाली काँग्रेस भीमदत्त नगरका सभापति अच्युत कलौनी, रास्वपा नेता भोजराज जोशी(क्वालिटी), नेकपा एकीकृत समाजवादीका युवा नेता प्रज्वल कुँवर सहितले शुभकामना मन्तव्य राख्दै आर्थिक, समाजिक, साँस्कृतिक कार्यक्रम संचालनका लागि महोत्सव आवश्यक रहेको औल्याएका छन ।

कार्यक्रम संचालक समेत रहेका नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय सदस्य दिपक भट्टले थुप्रै व्यापारिक संघ संस्थाहरुले सहयोग गरेर मेला संचालन गर्न लागेको बताए । उनले मुलुक आत्मनिर्भर बनाउनका लागि कृषि क्षेत्रको प्रर्याप्त सम्भावना भएकाले कृषिका बस्तु तथा सेवा उत्पादन गरेर निर्यात गराउने उदेश्य रहेको उनले बताए । भट्टका अनुसार लगानी सृजना गर्ने, सहकारी, वित्तिय, कृषि, बैंकिङ्ग, सेवा विस्तार, ग्रांमिण बस्तु तथा सेवाको प्रर्बद्धनन गर्दै आर्थिक कृयाकलाप बृद्धि गर्ने बताए । मेलामा लघु उद्यम प्रर्दशन, अटो प्रर्दशन, कृषि प्रर्दशनी, गार्मेन्ट, बैकल्पिक उर्जा, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, विद्युतीय समाग्री, शिक्षा, बाल उद्यान स्वास्थ्य, क्षेत्रका सेवा प्रर्दशनी गरिनेछन ।

‘जिल्लाको कृषि क्षेत्रको प्रर्बद्धन गर्न तथा आधुनिक कृषि तर्फ कृषकहरुलाई आकर्षित गराई स्थानीय तथा स्वदेशमै उत्पादित बस्तु तथा सेवाको बजार विस्तार गछौँ, ‘उनले भने, ‘ऐतिहासिक, धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा प्रर्बद्धनमा टेवा पु¥याई निकासी गर्दै स्वदेशी उत्पादनको उपभोग बृद्धि गराउँछौँ ।’

छिमेकी मुलुक भारतबाट समेत दर्शक आउने र झण्डै १लाख दर्शकले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ । सुदूरपश्चिमका थारु पहाडी समुदायका परम्परागत मौलिक खाद्य परिवार, कला एव छुट्टै थारु गाँउ जस्ता स्टल रहेका छन । मेलाबाट हुने आम्दानी समेत समाजिक कार्यमा खर्च गरिने जनाएको छ ।

कञ्चनपुरका संयोजक एव मेला मुल आयोजक समितिका कार्यक्रम संयोजक ललित परियारले कोरोना महामारीपछि थलिएको अर्थतन्त्र सुधार ल्याउनुका साथै आम उद्योगी, व्यवसायी, कृषकले उत्पादन गरेका बस्तु तथा सेवाको बजारीकरण गर्नका लागि महोत्सव आयोजना गरिएको बताए ।

संयोजक परियारका अनुसार भीनपा ८ तिलाचौरमा नेपाल आमाको मूर्ति निर्माणका लागि सहयोगार्थ प्रति टिकटमा २, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अक्षयकोष स्थापनार्थका लागि पनि २ रुपैया र समाजकल्याण बाल अनाथालयमा सहयोगार्थका लागि प्रति टिकेटमा १ रुपैया छुट्याईनेछ । ‘हामीले साधारण टिकेट तर्फ यस्तो समाजिक सेवा गर्ने निर्णय गरेका छौँ, ‘उनले भने, ‘यो सम्भवत समाजिक क्षेत्रको एक उदाहरणीय बन्नेछ ।’ मेला महोत्सव आर्थिक कारोबार, मनोरञ्जन गर्नका लागि मात्रै नभई समाजिक सेवाका लागि समेत रहेको उनले बताए ।

मेलामा जिल्लाभरीका अन्तर विद्यालयका विद्यार्थीविच नृत्य प्रतिस्पर्धा समेत गराईने छ । प्रथम हुने विद्यालयलाई नगद १०, द्वितियलाई ७ र तृतियलाई ३ हजार रुपैया सहित प्रमाण पत्र प्रदान गरिनेछ । ‘मेलामा हामीले विद्यार्थीको नियमित पढाईका अतिरिक्त कला पहिचान एव प्रर्दशन गर्ने थलोका रुपमा समेत लिएका छौँ, ‘उनले भने, ‘महोत्सवको चौतर्फि आयाम छन ।’ मेला महोत्सव साँस्कृतिक संयोजक करन पालले स्थानीय एव राष्ट्रिय कलाकारबाट समेत साँस्कृतिक कार्यक्रम प्रर्दशनी गरिनेछ । ओझेलमा परेको कलादेखि चर्चामा आएका सबै स्थानीय एव राष्ट्रिय कालाकारहरुलाई स्थान दिईने उनले बताए । उनले महोत्सवकै अवधिमा समाजिक काम गर्दै उद्घाटनका दिनदेखि हरेक दिन सुदूरपश्चिमको लोक संस्कृति कला झल्किने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।

महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत तर्फ ४० र साधारण तर्फ ८० रुपैया कायम गरिएको छ । भने, अति अशक्त, जेष्ठ नागरिकहरुको हकमा समेत भारी छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । २६ माघ सम्मै संचालन हुने मेलामा करोडौँको कारोबार हुने अपेक्षा गरिएको छ ।

ताजा खबर

भुमि समस्या समाधान आयोगमा कञ्चनपुरबाट सिजाली विज्ञ सदस्यमा नियुक्त

  दोधारा ३० माघ । सरकारले भुमि व्यवस्थापन समस्याको निवाकरण समिति...

दोधारा चाँदनीमा एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन झोल साबुन र डल्ले साबुन बनाउने तालिम 

पप्पु गुरुङ्ग दाेधारा २९ माघ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा...

नेपाल उद्योग व्यापार महासंघद्धारा आयोजित मेला २०८१ सफलता पूर्वक सम्पन्न

धन सिंह धामी कञ्चनपुर २८ माघ । कञ्चनपुरको महेन्द्रनगर खुला...

कैलालीको धनगढीमा प्रदेश स्तरीय कृषि तथा पशुपन्छी प्रदर्शनी मेला शुरु

  कञ्चनपुर २८ माघ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय...

नेपाल शिक्षक संगठन दोधारा चाँदनीको तेस्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पन्त

पप्पु गुरुङ्ग दोधारा २८ माघ । ‘गौरवशाली बिगत, चुनौतीपुर्ण बर्तमान,...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?