महेन्द्रनगर खुला मञ्चमा माघ १५ देखि कञ्चनपुर पर्यटन महोत्सव

धर्म सिह धामी
महेन्द्रनगर, १२ माघ ।
कञ्चनपुरको महेन्द्रनगरमा माघ १५ देखि सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव संचालन हुने भएको छ । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव संचालन हुने भएको हो ।

‘साँस्कृतिक धार्मिक ऐतिहासिक पषर््टकीय सम्पदाको पहिचान सम्बृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान भन्ने मुल नारा अघि सारेर कञ्चनपुर पर्यटन महोत्सव संचालन गर्न लागिएको आयोजकले जनाएको छ ।

नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका संयोजक ललित परियारको अध्यक्षतामा १सय२१मुल आयोजक समिति र विभिन्न १४ उप समिति समेत गठन गरेर मेलाको तयारी गरिरहेका छन । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका संयोजक एव मेला मुल आयोजक समितिका कार्यक्रम संयोजक ललित परियारले मेलाको तयारी तिव्र रुपमा अघि बढेको बताए । उनले कोरोना महामारीपछि थलिएको अर्थतन्त्र सुधार ल्याउनुका साथै आम उद्योगी, व्यवसायी, कृषकले उत्पादन गरेका बस्तु तथा सेवाको बजारीकरण गर्नका लागि महोत्सव आयोजना गरिएको बताए ।

‘जिल्लाको कृषि क्षेत्रको प्रर्बद्धन गर्न तथा आधुनिक कृषि तर्फ कृषकहरुलाई आकर्षित गराई स्थानीय तथा स्वदेशमै उत्पादित बस्तु तथा सेवाको बजार विस्तार गछौँ, ‘उनले भने, ‘ऐतिहासिक, धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा प्रर्बद्धनमा टेवा पु¥याई निकासी गर्दै स्वदेशी उत्पादनको उपभोग बृद्धि गराउँछौँ ।’
मुलुक आत्मनिर्भर बनाउनका लागि कृषि क्षेत्रको प्रर्याप्त सम्भावना भएकाले कृषिका बस्तु तथा सेवा उत्पादन गरेर निर्यात गराउने उदेश्य रहेको उनले बताए । संयोजक परियारका अनुसार लगानी सृजना गर्ने, सहकारी, वित्तिय, कृषि, बैंकिङ्ग, सेवा विस्तार, ग्रांमिण बस्तु तथा सेवाको प्रर्बद्धनन गर्दै आर्थिक कृयाकलाप बृद्धि गर्ने बताए । मेलामा लघु उद्यम प्रर्दशन, अटो प्रर्दशन, कृषि प्रर्दशनी, गार्मेन्ट, बैकल्पिक उर्जा, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, विद्युतीय समाग्री, शिक्षा, बाल उद्यान स्वास्थ्य, क्षेत्रका सेवा प्रर्दशनी गरिनेछन । १५० हाराहारीमा स्टल रहने र छिमेकी मुलुक भारतबाट समेत दर्शक आउने र झण्डै १लाख दर्शकले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ । सुदूरपश्चिमका थारु पहाडी समुदायका परम्परागत मौलिक खाद्य परिवार, कला एव छुट्टै थारु गाँउ जस्ता स्टल रहनेछन । मेलाबाट हुने आम्दानी समेत समाजिक कार्यमा खर्च गरिने जनाएको छ । संयोजक परियारका अनुसार भीनपा ८तिलाचौरमा नेपाल आमाको मूर्ति निर्माणका लागि सहयोगार्थ प्रति टिकटमा २, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अक्षयकोष स्थापनार्थका लागि पनि २रुपैया र समाजकल्याण बाल अनाथालयमा सहयोगार्थका लागि प्रति टिकेटमा १ रुपैया छुट्याईनेछ । ‘हामीले साधारण टिकेट तर्फ यस्तो समाजिक सेवा गर्ने निर्णय गरेका छौँ, ‘उनले भने, ‘यो सम्भवत समाजिक क्षेत्रको एक उदाहरणीय बन्नेछ ।’ मेला महोत्सव आर्थिक कारोबार, मनोरञ्जन गर्नका लागि मात्रै नभई समाजिक सेवाका लागि समेत रहेको उनले बताए ।

मेलामा जिल्लाभरीका अन्तर विद्यालयका विद्यार्थीविच नृत्य प्रतिस्पर्धा समेत गराईने छ । प्रथम हुने विद्यालयलाई नगद १०, द्वितियलाई ७ र तृतियलाई ३ हजार रुपैया सहित प्रमाण पत्र प्रदान गरिनेछ । ‘मेलामा हामीले विद्यार्थीको नियमित पढाईका अतिरिक्त कला पहिचान एव प्रर्दशन गर्ने थलोका रुपमा समेत लिएका छौँ, ‘उनले भने, ‘महोत्सवको चौतर्फि आयाम छन ।’ मेला महोत्सव साँस्कृतिक संयोजक करन पालले स्थानीय एव राष्ट्रिय कलाकारबाट समेत साँस्कृतिक कार्यक्रम प्रर्दशनी गरिनेछ । ओझेलमा परेको कलादेखि चर्चामा आएका सबै स्थानीय एव राष्ट्रिय कालाकारहरुलाई स्थान दिईने उनले बताए । उनले महोत्सवकै अवधिमा समाजिक काम गर्दै उद्घाटनका दिनदेखि हरेक दिन सुदूरपश्चिमको लोक संस्कृति कला झल्किने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।
नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव पछिल्ला बर्षहरुमा थलिरहेको आर्थिक कारोकार मेला, महोत्सवका माध्यमबाट समेत अघी बढाईन लागेको बताए । ‘हाम्रा स्थानीय एव स्वदेश बस्तु तथा सेवा मेलाका माध्यामबाट प्रर्दशनी गर्ने, बिक्रि वितरणदेखि प्रर्बद्धन गर्ने हो, ‘महासचिव पनेरुले भने, ‘जसका कारण पनि हाम्रा उत्पादनक किसानदेखि उद्योगी, व्यवसायी प्रोत्साहित हुन्छन ।’ १५ माघदेखि २६सम्म संचालन हुने महोत्सवमा विद्यार्थी सहुलियत तर्फ ४० र साधारण तर्फ ८०रुपैया कायम गरिएको छ । भने, अति अशक्त, जेष्ठ नागरिकहरुको हकमा समेत भारी छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?