दोधारा चाँदनीमा बाढीले विद्यार्थी प्रभावित : २ हजार विद्यार्थी खाली हात विद्यालय

कञ्चपुर  – कञ्चपुरको दोधारा चाँदनी नगरपालिकामा २ हजार बढी विद्यार्थीको किताब, कापी बगाएपछि बिद्यार्थीहरु रित्तो हात विद्यालय जान थालेका छन् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षाले २ हजार भन्दा बढी विद्यार्थीको किताब, कापी बगाएपछि बिद्यार्थीहरु रित्तो हात विद्यालय जान थालेका बिद्यालयहरुले जनाएका छन् । ज्यान जोगाउन मुस्किल भएको अवस्थामा, घरमा रहेका सबै सामान छाडेर भाग्नु परेको कारण किताब कापी, विद्यालय पोसाक, झोला सबै बाढीले बगाएको बिद्यार्थीहरुले बताएका छन् । बिद्यालयहरुमा विद्यार्थीको हातमा अलिे आएर किताब कापी, विद्यालय पोसाक, झोला छैनन् । बाढीले धेरै जसो बिद्यार्थीहरुको पोशाक समेत बगाउदा छिमेकीबाट माँगेको कपडा लगाएर बिद्यालय आउदै गरेको बिद्यालयहरुले जनाएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बाढीले डुवानमा परेको कारण शैक्षिक अवस्था निकै प्रभावित बनेको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाका शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् । बाढी आएको बेला बिद्यालयमा नभएर बिद्यर्थीहरु घरमा रहेको हुदा उनिहरुको पाठ्य पुस्तक, पोशाक, पाठ्य सामग्रीहरु र शिक्षण सिकाई संग सहयोग पुग्ने सामग्रीहरु बाढीले बगाएर लगेको हुदा ठुला क्षती बनाएको शिक्षा शाखाका शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् । उहाँका अनुसार बाढीले नगर क्षेत्रमा २ हजार बिद्यार्थीहरुको पाठ्य पुस्तक, पोशाक, पाठ्य सामग्रीहरु र शिक्षण सिकाई संग सहयोग पुग्ने सामग्रीहरुमा क्षती बनाएको हुदा यस बिषयमा दोधारा चाँदनी नगरपालिका कार्यालयले दातृ संस्था संग समन्वय र सहकार्य गर्दै आएको उहाँको भनाई रहेको छ् ।

दोधारा चाँदनी नगरपालिका– १० को ओंमकार आधारभुत बिद्यालयका प्रधानध्यापक दिपक आझोले बिद्यालयमा किताब कापी, विद्यालय पोसाक, झोला बिना बिद्यार्थीहरु बिद्यालय आउने गरेको बताउनुभएको छ् । ओंमकार आधारभुत बिद्यालयमा भित्र पानी पसेर बिद्यार्थीहरु बस्ने पिफम, कार्पेट लगाएत लेख सामग्रीमा क्षती बनाएको प्रधानध्यापक दिपक आझोले बताउनुभएको छ् । ओंमकार आधारभुत बिद्यालयको सेवा क्षेत्रमा पर्ने सबै टोल, बस्ती डुवानमा परेको हुदा बिद्यार्थीहरुको किताब कापी, विद्यालय पोसाक, झोला बाढीले बगाएर लगेको प्रधानध्यापक दिपक आझोले बताउनुभएको छ् । बाढीले किताब कापी, विद्यालय पोसाक, झोला बगाए संगै बिद्यार्थीहरुको नियमित पठनपाठनमा प्रभाव परेको उहाँले बताउनुभएको छ् ।

‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएर बसेका थिए ।

मौसम सामान्य भए संग अन्य बिद्यालयमा आश्रय लिएर बस्दै आएका बाढीपिडित घर फर्किसके भएता पनि वडा नं. ३ पटरा खल्लाका ४० घरपरिवार अझै पनि जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । बाढीको कारण नगर क्षेत्रको घर, बाटाघाटा, झोलुङ्गे पुल, अन्नपातमा लाखौंको क्षती बनाएको छ् ।

 

ताजा खबर

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा...

कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र...

बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती...

सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर - सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले...

नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?