इजरायली राजदूत हानान गोडरले विपिन जोशीको घर पुगेर गरे उद्धारको प्रतिबद्धता

कञ्चनपुर – नेपालका लागि ईजरायली राजदुत हनान गोडेर गोल्ड बर्गरले कञ्चनपुरको महेन्द्रनगर स्थित विपिन जोशीको घरमा पुगेर भेटवार्ता गरेका छन ।


आइतबार ईजरायली राजदुत हनान गोडेर गोल्ड बर्गर भीमदत्त नगरपालिका वडा नम्वर ३ भाँषि स्थीत विपिन जोशीको घरमा पुगेर उनका वुवा आमा संग भेटघाट गरेका हुन । ईजरायलमा विपिन जोशि अध्ययनरत SODT Negev College का President  हेम शाकेद समेत कञ्चनपुर पुगेका ईजरायली राजदुत हनान गोडेरले अहिले सम्म विपिन जोशीको अवस्था अज्ञात नै रहेको वताउनु भएको छ । आफ्नो ज्यान जोखिममा पारेर सयौ विद्यार्थीको ज्यान जोगाउन सफल विपिन जोशि रियल हिरो रहेको भन्दै आजकोे भेटघाट आफ्नो लागी सहज नभएको भए पनी परिवार लाई सान्त्वना दिन आफु कञ्चनपुर पुगेको वताउनु भएको छ । ईजरायली सेनाले हमासको नियन्त्रमा रहेको गाँजा क्षेत्रका एक एक घर सर्च गर्दा पनी हाल सम्म कुनै सुचना पाउन नसकेको वताउदै ईजरायली सरकारले विपिनको रिहाईका लागी हर सम्भव प्रयत्न गर्ने समेत वताउनु भएको छ ।


यसै गरि विपिनका वुवा महानन्द जोशिले छोराको बाटो हेर्दा हेर्दै आठ महिना भन्दा बढी भईसक्दा सम्म कुनै सुचना नपाएको वताउनु भएको छ । साथै उहाले आफ्नो छोराको सकुसल उद्धार गरिदिन समेत ईजरायली राजदुत हनान गोडेर मार्फत ईजरायल सरकार संग आग्रह गर्नु भएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी लर्न एण्ड अर्न कार्यक्रम अन्र्तरगत ईजरायल गएका वेला ईजरायल माथि प्यालेष्टाईनी हमास समुहले हमला गर्दा कञ्चनपुरका विपिन जोशी हमास समुहको नियन्त्रणमा परेका गिए । घटना घटेको झण्डै ८ महिना पछि ईजरायली राजदुत विपिनको घर पुगेर उद्दारका लागि आश्वासन दिदा परिवारलाई केही आशा जागेको छ ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?