जैविक तटवन्ध निर्माण पछी किसानहरु हर्षित

कञ्चनपुर – जैविक तटवन्ध निर्माण पछी शुक्लाफाटा नगरपालिकाको वडा नम्वर २, ३ र ११ का किसानहरुको खेति योग्य जमिन कटानी बाट जोगिने आशा पलाएको छ ।

वर्ष यामको शुरु हुनु भन्दा अगावै शुक्लाफाटाको सुनवरा नदीमा जैविक तटवन्ध निर्माण भए पछी सिकसानहरु हर्षित भएका छन ।

वर्षेनी बर्षातको समयमा सुनवरा नदीमा आउने बाढीका कारण कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका किसानहरुको खेति योग्य जमीन कटान हुदै आएको थियो । वर्षौ देखि खेतियोग्य जमीन नै खोलामा परिणत हुदै गए पछी किसानहरु मार्कामा पर्दै आएका थिए । यस वर्ष उक्त जमीनको कटानी रोक्न वडा नम्वर २, ३ र ११ मा पर्ने सुनवरा नदी किनारमा नेपाल राष्ट्रीय समाज कल्याण संघ कञ्चनपुर र मर्सिकोर नेपालको सयुतm साझेदारीमा सञ्चालित आर्थिक विकास मार्फत विपद जोखिम व्यवस्थापन (एमरेड) परियोजना संगको साझेदारीमा जैविक तटवन्ध निर्माण गरिए पछी किसानहरु हर्षित भएका छन । सधै जमिन कटानी हुदै वगरमा परिणत हुने गरेको भए पनी यस वर्ष भने जमिन जोगिने आशा समेत रहेको स्थानीय किसान लक्ष्मि आहुजी दमाईले वताउनु भएको छ । यसलाई थप विस्तार गर्न सके जमीन कटानी बाट रोकीने समेत उहाले वताउनु भएको छ ।


सोमवार आर्थिक विकास मार्फत विपद जोखिम व्यवस्थापन (एमरेड) परियोजनाका प्रतिनीधि, शुक्लाफाटा नगर स्तरीय परियोजना सल्लाहकार समिति लगायतका सरोकारवाला निकायका प्रतिनीधिहरुले उक्त जैविक तटवन्ध निर्माण भएको क्षेत्रको अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा शुक्लाफाटा नगरपालिका वडा नम्वर ११ का वडाअध्यक्ष शेर वहादुर साउदले सुनवरा नदीले कटान गर्दै जोखिममा रहेको् क्षेत्रमा नेपाल राष्टीय समाज कल्याण संघ कञ्चनपुरको सहयाृगमा स्थानीय वािशहरुको सकृयतामा निर्माण भएको तटवन्ध अत्यन्त्यै रामे भएको वताउनु भएको छ ।
यसै गरि थोरै पैसामा पनी जैविक तटवन्ध निर्माण गरेर उपलव्धि मुलक कार्य गरिएको शुक्लाफाटा नगरपालिकाका उपप्रमुख कल्पना कुमारी जोशी पन्तले वताउनु भयो । साथै उहाले याहा बाट सिकेको सीपलाई आगामी दिनहरुमा समेत आत्मसाथ गर्दै जानु पर्नेमा समेत जोड दिनु भयो ।
शुक्लाफाटा नगरपालिकामा विगतमा निर्माण भएका जैविक तटवन्धहरु प्रभावकारी भएका कारण थप क्षेत्रमा नेपाल राष्ट्रीय समाज कल्याण संघ संग सहकार्य थालिएको शुक्लाफाटा नगरपालिकाका प्रमुख रण वहादुर महराले वताउनु भयो । साथै उहाले तटवन्ध निर्माण गर्नमा सबै भन्दा ठुलो भुमका स्थानीयहरुकै भएको र यसको संरक्षण गर्न सके मात्रै दिगो र प्रभावकारी हुने समेत वताउनु भयो ।


यसै गरि नेपाल राष्ट्रीय समाज कल्याण संघका प्रमुख कार्यकारी अधिकृत अशोक विक्रम जैरुले वगत देखि नै यस संस्थाले विपदको क्षेत्रमा काम गर्दै आएको हुदा किसानहरको जमिन जोगाउने दायीत्व पुरा गर्न काम गरिरहेको वताउनु भयो । साथै उहाले जैविक तटवन्धले नै सहज रुपमा बाढीको कटान रोक्ने हुदा यसलाई निरन्तरता दिन स्थानीय सरकार संग मिलेर काम गगरिरहेको समेत वताउनु भयो ।
हाल शुक्लाफाटा नगरपालिका वडा नम्वर २, ३ र ११ मा ३०० मिटर जैवक तटवन्ध निर्माण भईरहेको छ भने जसमा आर्थिक विकास मार्फत विपद जोखिम व्यवस्थापन (एमरेड), जनताको तटवन्ध कार्यालय, शुक्लाफाटा नगरपालिका र समुदायको सहयोग रहेको छ । तटवन्ध निमार्ण पछी स्थानीयहरु लाभान्वित भएका छन भने वस्ति जोगाउनका लागी दातृ निकायहरु संगै प्रदेश सरकार र संघिय सरकारको समेत ध्यान जानु जरुरी छ ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?