यहि जेठ १५ देखि तनाव व्यवस्थापन तथा बृहत् योग शिविर आयोजना हुने

कञ्चनपुर – महेन्द्रनगरमा यहि जेठ १५ देखि २१ गतेसम्म ७ दिने तनाव व्यवस्थापन तथा बृहत् योग शिविर आयोजना हुन लागेको छ ।


कञ्चनपुरको महेन्द्रनगरमा यहि जेठ १५ देखि २१ गतेसम्म ७ दिने तनाव व्यवस्थापन तथा बृहत योग शिविर आयोजना हुन लागेको हो । पतंजलि योगपीठ नेपाल कञ्चनपुर, पतंजलि योग समिति नेपाल कञ्चनपुर, महिला पतंजलि योग समिति नेपाल कञ्चनंपुर र युवा नेपाल समिति कञ्चनपुरको आयोजनामा हुने उक्त सात दिने तनाव व्यवस्थापन तथा बृहत योग शिविर २०८१ को सह आयोजकमा भीमदत्त नगरपालिका रहेको छ ।आईतवार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै तनाव व्यवस्थापन तथा बृहत योग शिविर २०८१ का मूल आयोजक समिती संयोजक भावना केसिले महेन्द्रनगर स्थित खुलामञ्चमा १५ गते देखी २१ गते सम्म हरेक दिन बिहान ४ः३० देखी ७ बजेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योग प्रशिक्षकहरूको उपस्थितीमा शिविर सञ्चालन हुने जानकारी दिनु भयो । साथै उहाले कार्यक्रममा पतंजलि योगपीठ हरिद्वारको पुज्य साध्वीजी र स्वामीजीको जीवनोपयोगी प्रशिक्षण रहने तथा युबा नेपाल समितिका मुख्य केन्द्रीय प्रभारी पुज्य साध्वी डा. देव विजयाजी, महिला पतंजलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी पुज्य साध्वी देवादितीजी तथा कर्णाली प्रदेश सेवा प्रभारी पूज्य स्वामी कर्णदेवजी महाराजले शिविरमा प्रशिक्षण दिने कार्यक्रम रहेको समेत जानकारी दिनु भयो ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री मा दीर्घबहादुर सोडारीबाट समुद्घाटन हुने उक्त निःशुल्क सञ्चालन हुने योग शिविरबाट २५ हजार व्यक्तिले लाभ लिने तथा शिबिर व्यवस्थापनमा करीव ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

 

ताजा खबर

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?