कञ्चनपुरका विभिन्न ठाउँमा निर्माण भईरहेका जैविक तटबन्धको अनुगमन

कञ्चनपुर – कञ्चनपुरका विभिन्न ठाउँहरूमा जैविक तटबन्ध निर्माण भईरहेका छन्। जिल्लाको पुनर्वास नगरपालिका -०७ परासन, पुनर्वास -०९ सिताबस्ति र शुक्लाफाँटा नगरपालिका -०३ पिलपाडी, शुक्लाफाँटा -०२ रानिपुर र शुक्लाफाँटा -११ कलुवापुर लगायतका ठाउँहरूमा जैविक तटबन्ध निर्माण भइरहेका छन्।

आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन परियोजनाको अवधारणा अन्तर्गत नेपाल राष्ट्रिय समाज कल्याण कञ्चनपुर (एनएनएसडब्लुए) र मर्सिकोर नेपालको संयुक्त साझेदारीमा जिल्लाको दोदा र सुनबरा नदी जलाधार प्रभावित (अति संकटासन्न) क्षेत्रहरूमा जैविक तटबन्ध निर्माण भइरहेका हुन्।निर्माण भईरहेका जैविक तटबन्धहरूको स्थलगत अनुगमन गरिएको छ। पुनर्वास नगरपालिका -०७ परासनमा ३०० मिटरमा निर्माण भइरहेका र पुनर्वास -०९ सिताबस्तिमा २०० मिटरमा निर्माण भइसकेको जैविक तटबन्धको बुधबार स्थलगत अनुगमन गरिएको हो।

अनुगमनमा नेपाल राष्ट्रिय समाज कल्याण कञ्चनपुरका (एनएनएसडब्लुए) अध्यक्ष माया सार्की, कार्य समिति सदस्य रोशनलाल चौधरी, जनताको तटबन्ध कार्यक्रमका कार्यालय प्रमुख प्रसाद शाह र ई. अरुण कुमार शाह तथा पुनर्वास नगरपालिकाका योजना अधिकृत शंकर वोकटी, ई. भान सिंह धामी, विपद् व्यवस्थापन शाखा प्रमुख ओम नाथ ढकाल, रोजगार सेवा केन्द्रका प्राविधिक र रोजगार सहायकको लगायतको सहभागिता रहेको थियो।

दोदा नदी कटानी रोकथाम तथा न्यूनिकरण गर्न पुनर्वास नगरपालिका सँगको सहकार्यमा एमरेड परियोजना अन्तर्गत वडा नम्बर -०९ सितावस्ती समुदायमा २०० मिटर र वडा नम्बर -०७ परासन समुदायमा ३०० मिटर (५०० मिटरमा निर्माण भईरहेको जैविक तटबन्ध जैविक तटबन्ध) निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। बुधबार अनुगमन पश्चात नेपाल राष्ट्रिय समाज कल्याण कञ्चनपुर (एनएनएसडब्लुए) ले तटबन्ध निर्माणको कार्य अन्तिम चरणमा पुगेको जनाएको हो। आर्थिक रूपमा मितव्ययी तथा सामुदायिक स्तरमा सजिलै निर्माण गर्न सकिने हुनाले पछिल्लो समयमा जैविक तटबन्ध उत्तम विकल्पको रुपमा लिइने गरेको एनएनएसडब्लुए कञ्चनपुरका अध्यक्ष माया सार्कीले बताउनुभयो।

पुनर्वास -०७ परासन शिवशक्ती समुदाय विपद् व्यवस्थापन समितिका सचिव बनवारी रानाले प्रदेश सरकारसँग ढुङ्गाको तटबन्धका लागि धेरै प्रयास गरे पनि प्रयास असफल भएको बताए।प्रधानमन्त्री रोजगार कार्यक्रमले समेत सघाउ पुर्याएको र सिता वस्ती समुदायले थोरै लगानीमा स्थानीय श्रोत साधन प्रयोग गरेर कटानि रोक्न सफल देखिएकाले परासनका स्थानीयले पनि तटबन्ध निर्माणको काम थालिएको बताएका छन्। त्यसैगरी पुनर्वास -०९ सितावस्ती समुदाय विपद् व्यवस्थापन समितिका अध्यक्ष पदम परियारले विगतदेखि नै वर्षाको समयमा जमिन कटानी भएर किसानलाई अप्ठ्यारो भइरहेको बताउँदै जैविक तटबन्ध निर्माण भएको हुँदा यस वर्षदेखि राह मिल्ने विश्वास व्यक्त गरे। साथै उनले एनएनएसडब्लुए, मर्सिकोर नेपाल र पुनर्वास नगरपालिकाप्रति आभार व्यक्त गरेका छन्।

पुनर्वास नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख ओम नाथ ढकालले जैविक तटबन्ध निर्माण पश्चात स्थानीयलाई सजिलो हुने बताएका छन्। उनले भने ‘विगत लामो समयदेखि यहाँका स्थानीय मारमा थिए, जैविक तटबन्धले बाढीले गर्नसक्ने जग्गा कटानीलाई रोक्न तथा हुनसक्ने सम्भावित क्षतिको न्यूनीकरण गर्न सहयोग गर्छ र किसानहरूलाई सहज हुन्छ।’

शुक्लाफाँटा नगरपालिकामा पनि सुनवरा नदीले तिव्र रुपमा कटानी गरिरहेको र भविष्यमा हुन सक्ने ठूलो क्षतिलाई न्यूनिकरण गर्नका लागि चालु आर्थिक वर्ष ०८/८१ मा छनोट भएको योजना वमोजिम शुक्लाँफाटा -०२ रानिपुर, शुक्लाँफाटा -०३ पिपलाडी र शुक्लाँफाटा -११ कलुवापुर समुदायमा ३०० मिटर जैविक तटबन्ध निर्माण कार्यले तिव्रता पाएको एनएनएसडब्लुए कञ्चनपुरले जनाएको छ। तटबन्ध निर्माणमा शुक्लाफाँटा नगरपालिका र जनताको तटबन्ध कार्यालयको समेत सहयोग रहेको एनएनएसडब्लुए कञ्चनपुरका अध्यक्ष माया सार्कीले जानकारी दिनुभएको छ।

त्यसैगरी शुक्लाफाँटा -११ कलुवापुरका समुदाय विपद् व्यवस्थापन समितिका अध्यक्ष तिलक सुनारले अरू तटबन्ध भन्दा जैविक तटबन्ध बढी प्रभावकारी रहेको बताउँदै शुक्लाफाँटा -११ मा पनि तटबन्ध निर्माण कार्यले तिव्रता पाएको बताएका छन्। त्यसैगरी शुक्लाफाँटा -११ का स्थानीय सुन्तली सुनारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत स्थानीयहरूले समेत काम पाएकोमा आफूहरू खुसी भएको बताइन्।

त्यसैगरी जनताको तटबन्ध कार्यक्रमका प्रमुख प्रशाद शाहले जनताको तटबन्ध कार्यक्रम अन्तर्गत दोदा नदि पर्ने बताउँदै स्थानीय निकाय, एनएनएसडब्लुए र मर्सिकोर नेपालको संयुक्त साझेदारीमा तटबन्ध निर्माण भइरहेको बताउनुभयो। साथै बाढीले गर्नसक्ने जग्गा कटानीलाई रोक्न तथा हुनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि जैविक तथा अजैविक स्रोत (बाँस, पलाष्टिक वोरा, स्याउला, बालुवा र मानवीय श्रोत) को उच्चतम् प्रयोग गरेर जग्गा कटानी रोक्नका लागि जैविक तटबन्ध भरपर्दो व्यवस्था रहेको उनको भनाई रहेको छ।

तटबन्धनको स्थायित्व तथा बलियोपना बढाउन, बाढीको पानी सहन गर्न सक्ने तथा छिटै हुर्कने लियो र गहिरो जरा हाल्न सक्ने क्षमता भएका जातका बिरुवाहरू लगाउनुपर्ने एनएनएसडब्लुए एमरेड परियोजनाका संयोजक महेश घिमिरेले बताउनुभयो। साथै उनले उक्त ठाउँका स्थानीहरूलाई तटबन्धनमा लगाइएको बिरुवाबाट दोहारो फाइदा लिन समेत स्थानीय भूबनौट र हावापानी सुहाउँदो जातका बिरुवा रोप्नुपर्ने सुझाव समेत दिएका छन्। परियोजनाले समुदायलाई प्राविधिक एवम् आर्थिक सहयोग पनि गर्ने उनको भनाई रहेको छ।

एमरेड परियोजनाले बाढी प्रभावित समुदायहरूमा विपद् जोखिम न्यूनिकरण तथा आर्थिक विकासका क्षेत्रमा सहयोग पुर्याउनुका साथ साथै स्थानीय खेतीलाई समेत प्रवर्द्धन गर्दै आइरहेको छ। परियोजनाले चिनीमिल र कृषि विकास शाखासँगको सहकार्यमा बाढी प्रभावित समुदायहरूमा दोहोरो लाभका लागि उखु खेती र बगरमा तरकारी खेतीको प्रवर्द्धन तथा विकास गर्न उन्नत जातको बीउमा सहयोग, रोप्ने प्रविधि विकास र आधुनिक कृषि औजारमा सहयोग गर्नुका साथसाथै वातावरण मैत्री विद्युतीय उखुको जुस व्यवसायमा समेत सहयोग गर्दै आएरहेको छ। जसको परिणाम स्वरुप बगर तथा नदी किनारमा उखु खेती मार्फत बाढी नियन्त्रणमा सहयोग पुग्नुका साथसाथै स्थानीयको आम्दानीमा समेत बृद्धि भएको छ ।

ताजा खबर

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

दोधारा चाँदनीमा बाढीले विद्यार्थी प्रभावित : २ हजार विद्यार्थी खाली हात विद्यालय

कञ्चपुर  - कञ्चपुरको दोधारा चाँदनी नगरपालिकामा २ हजार बढी...

प्रधानमन्त्री ओलीले गरे २२ सदस्यीय मन्त्रिपरिषद गठन,

३१  असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?