शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

झलारी। शुक्लाफाँटा नगरपालिकामा एकिकृत फोहर व्यवस्थापन केन्द्र निर्माणको काम अगाडि बढ्ने भएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरले रुख कटानीको आदेश जारी गरेसँगै फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडि बढेको हो। वन कार्यालयले फागुन २६ गते रुख कटानका लागि आदेश जारी गरेको नगर प्रमुख रणबहादुर महराले बताए। आरयुडीपी परियोजना अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनमा एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माण हुनेछ। निर्माणका लागि ठेक्का समेत भैसकेको थियो। तर, रुख कटानी आदेश जारी नहुँदा समस्या भइरहेको थियो। ‘४.९९ हेक्टर क्षेत्रफलमा फोहर व्यवस्थापन केन्द्र निर्माण हुनेछ,’ नगर प्रमुख महराले भने, ‘वन कार्यालयले रुख कटानी आदेश जारी गरेको छ, त्यहाँ ८ सय २५ रुख कटान हुनेछन्, रुख कटानी भएपछि निर्माण कार्य अगाडि बढ्ने छ।’ फोहर व्यवस्थापक केन्द्र निर्माण ठेक्का रमण केएसजेभी कैलालीले पाएको छ। ग्त वैशाखमा निर्माण कम्पनी र सहरी विकास आयोजना कार्यान्वयन इकाईबीच २६ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको थियो। ‘२० महिनाभित्र निर्माण सक्ने गरि सम्झौता भएको थियो,’ निर्माण कम्पनीका ईन्जिनियर अमित यादवले भने, ‘रुख कटानी आदेश पाउन ११ महिना लाग्यो, अब निर्धारित समय निर्माण सकिदैन, तर तिब्र गति निर्माण कार्य अगाडि बढाउने हाम्रो योजना छ।’
यस्तो बन्नेछ फोहोर व्यावस्थापन केन्द्र
शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट उत्पादन भएको फाहोर व्यावस्थापनका लागि ४.९९ हेक्टरमा एकिकृत फोहोर व्यावस्थापन केन्द्र निर्माण गरिनेछ । एडीबीको २६ करोड ७७ लाख सहयोगमा बन्ने फोहोर व्यावस्थापन केन्द्रमा ३० देखि ४० वर्षसम्म फोहोर व्यावस्थापन गर्न सकिन्छ । मानव स्वास्थ्य र वातावरणलाई कुनै असर नगर्ने खालको फोहोर व्यावस्थापन केन्द्र निर्माण गरिने क्षेत्रीय सहरी विकास आयोजनाका ईन्जिनियर आकांक्षा श्रेष्ठले बताए। ‘प्रविधिको प्रयोग गरेर आधुनिक तथा व्यवस्थीत फोहोर व्यावस्थापन केन्द्र बन्छ,’ उनले भने, ‘फोहोर व्यावस्थापन केन्द्रमा लगिएको फोहोर छुट्याएर राखिन्छ।’ फौहरबाटै जैविक मल र ग्यास उत्पादन समेत गरिने उनको भनाई छ। ‘कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग राखिन्छ, कुहिने फोहोरबाट मल बन्छ, नकुहिने फोहोर कबाडमा बिक्रि हुन्छ,’ उनले भने, ‘केन्द्रमा १० प्रतिशत मात्रै काम नलाग्ने फोहोर रहन्छ, त्यसलाई खाडलमा पुरिन्छ ।’ संकलन गरिएको फोहोरलाई बन्द गाडीमा फोहोर व्यावस्थापन केन्द्रसम्म लगिने उनले बताए । ‘संकलन भएको फोहोर बन्द गाडीमा लगिन्छ,’ उनले भने, ‘बन्द गाडीमा लगिने भएकाले दुर्गन्ध पनि आउँदैन ।’
केन्द्रमा फोहोर लग्ने गाडीलाई दैनिक रुपमा सफाई गरिन्छ । फोहोर व्यावस्थापन केन्द्रको सुन्दरताको लागि पार्क समेत निर्माण गरिने उनी बताउँछन् । ‘केन्द्रको सुन्दरता बढाउनुका साथै हरीयाली प्रवर्दनका लागि पार्क निर्माण हुन्छ,’ उनले भने, ‘केन्द्रमा खाली रहेको क्षेत्र र फोहोर भरिएका खाल्डामा पार्क निर्माण हुन्छ ।’
फोहोर व्यावस्थापन केन्द्रमा दिशाजन्य पदार्थ नलगिने उनको भनाई छ । ‘दिशाजन्य पदार्थ व्यावस्थापनको लागि छुट्टै योजना अगाडी बढी रहेको छ, त्यो त्यहाँ लगिदैन्,’ इन्जिनियर श्रेष्ठ भने, ‘दिशाजन्य पदार्थ व्यावस्थापनका लागि अन्य ठाउँमा जग्गा हेरिरहेका छौं ।’ नमूना फोहोर व्यावस्थापन केन्द्र निर्माण गरेर पर्यटकी स्थल समेत बनाउन सकिने उनले बताए। ‘फोहोर व्यावस्थापन केन्द्र आम्दानीको स्रोत बन्छ, स्थानीयले रोजगारी पाउँछन्,’ उनले भने।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?