मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्छौः नगर प्रमुख महरा

झलारी। शुक्लाफाँटा नगरपालिका–८ स्थित मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिने नगर प्रमुख रणबहादुर महराले बताएका छन्। बैजनाथ मन्दिरमा भोली लाग्ने मेला स्थलको अनुगमन गर्दै नगर प्रमुख महराले मणिकाधामलाई सौन्दरीकरण गरि शुक्लाफाँटाकै प्रमुख धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने बताएका हुन्। ‘त्यहाँ रहेका ताललाई आकर्षक बनाउन सरसफाईसँगै बाह्रै महिना पानी भरिभराउ हुने बनाउन आवश्यक छ,’ उनले भने, ‘तालमा थोरै पानी छ, तालमा बाह्रै महिना भरिभराउन गराउन बरिङ या अन्य विकल्पबारे अध्ययन गरेर काम अगाडी बढाउँछौं।’ नगर प्रमुख महराले मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन बैजनाथ मन्दिर व्यवस्थापन समितिलाई निर्देशन समेत दिएका छन्। मणिकाधाममा प्रत्येक बर्ष फागुन शुक्लपक्षमा मेला लाग्ने गर्दछ। यहाँ कञ्चनपुर, कैलाली, डडेल्धुरा र भारतीय निकटवर्ती क्षेत्रका श्रद्धालुहरु दर्शन गर्न आउँछन्। मणिका धाम क्षेत्रको दर्शन गरेमा मनोवांच्छित फल पाईने जनविश्वास छ। मणिका धामलाई यस क्षेत्रका स्थानिय बासिन्दाले मुडकाका नामले समेत चिन्दछन्। धाम क्षेत्रमा बैजनाथ वावाको प्राचिन मन्दिर र मन्दिर नजिकै ठुलो तलाउ रहेको छ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?