शुक्लाफाँटाले किशोरीलाई आत्मरक्षा तालिम दिँदै

झलारी। शुक्लाफाँटा नगरपालिकाले किशोरीहरुलाई आत्मरक्षा तालिम दिइरहेको छ। किशोरीमाथि हुने हिंसा न्यूकरण गर्नका लागि नगरपालिकाले आत्मरक्षा तालिम दिइरहेको हो। विद्यालयमा अध्ययनरत किशोरीहरुलाई तालिम दिइरहेको महिला तथा बालबालिका शाखा प्रमुख कमला जोशीले बताइन्। उनका अनुसार कृष्ण माध्यमिक विद्यालय झलारी र बैजनाथ माध्यमिक विद्यालय कसरौलका किशोरीहरुलाई आत्मरक्षा तालिम दिइसकिएको छ । सरस्वती माध्यमिक विद्यालय कलुवापुर, सिद्ध बैजनाथ माध्यमिक विद्यालय बन्शाह, राष्ट्रिय माध्यमिक विद्यालय पीपलाडीमा अध्ययनरत किशोरीहरुलाई पनि आत्मरक्षा तालिम दिइने छ। ‘हामीले ६ वटा विद्यालयमा आत्मरक्षा तालिम दिन्छौं, प्रत्येक विद्यालयमा एक सयभन्दा बढी किशोरीहरुलाई आत्मरक्षा तालिम दिइरहेका छौं।’ किशोरीहरुलाई करातेकी सहायक प्रशिक्षक जमुना सिंहले आत्मरक्षा तालिम दिइरहेकी छन्। ‘ आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षण दिइरहेका छौं,’ प्रशिक्षक सिंहले भनिन्। आत्मरक्षा तालिमले किशोरीहरुको आत्मबल बढाउने नगर प्रमुख रणबहादुर महराले बताए। ‘यस्ता तालिमले किशोरीहरु आत्मबल बढ्नुका साथै समस्यामा पर्दा प्रतिकार गर्न सहज हुनेछ,’ उनले भने, ‘अगामी दिनहरुमा पनि बालबालिका तथा किशोरीको आत्मबल बढाउने खालका कार्यक्रम गर्दै जानेछौं।’

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?