झलारी। शुक्लाफाँटा नगरपालिकाले किशोरीहरुलाई आत्मरक्षा तालिम दिइरहेको छ। किशोरीमाथि हुने हिंसा न्यूकरण गर्नका लागि नगरपालिकाले आत्मरक्षा तालिम दिइरहेको हो। विद्यालयमा अध्ययनरत किशोरीहरुलाई तालिम दिइरहेको महिला तथा बालबालिका शाखा प्रमुख कमला जोशीले बताइन्। उनका अनुसार कृष्ण माध्यमिक विद्यालय झलारी र बैजनाथ माध्यमिक विद्यालय कसरौलका किशोरीहरुलाई आत्मरक्षा तालिम दिइसकिएको छ । सरस्वती माध्यमिक विद्यालय कलुवापुर, सिद्ध बैजनाथ माध्यमिक विद्यालय बन्शाह, राष्ट्रिय माध्यमिक विद्यालय पीपलाडीमा अध्ययनरत किशोरीहरुलाई पनि आत्मरक्षा तालिम दिइने छ। ‘हामीले ६ वटा विद्यालयमा आत्मरक्षा तालिम दिन्छौं, प्रत्येक विद्यालयमा एक सयभन्दा बढी किशोरीहरुलाई आत्मरक्षा तालिम दिइरहेका छौं।’ किशोरीहरुलाई करातेकी सहायक प्रशिक्षक जमुना सिंहले आत्मरक्षा तालिम दिइरहेकी छन्। ‘ आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षण दिइरहेका छौं,’ प्रशिक्षक सिंहले भनिन्। आत्मरक्षा तालिमले किशोरीहरुको आत्मबल बढाउने नगर प्रमुख रणबहादुर महराले बताए। ‘यस्ता तालिमले किशोरीहरु आत्मबल बढ्नुका साथै समस्यामा पर्दा प्रतिकार गर्न सहज हुनेछ,’ उनले भने, ‘अगामी दिनहरुमा पनि बालबालिका तथा किशोरीको आत्मबल बढाउने खालका कार्यक्रम गर्दै जानेछौं।’
ताजा खबर
सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल
काठमाडौँ, २५ साउन
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...
सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक
कञ्चनपुर,२५ साउन
सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...
स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक
कञ्चनपुर, २५ साउन
स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...
विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड
कञ्चनपुर,२४ साउन
कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...
महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य
कञ्चनपुर, २३ साउन ।
कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...
छुटाउनु भयो कि ?
सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल
काठमाडौँ, २५ साउन
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...
सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक
कञ्चनपुर,२५ साउन
सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...
स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक
कञ्चनपुर, २५ साउन
स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...


