किन नेता साउँद र थापालाई अरु उम्मेद्धवार भन्दा बढी विश्वास गरिएको छ ?

महेन्द्रनगर । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन नजिकिए संगैँ कुन दल तथा को उम्मेद्धवारलाई मत दिने भनेर चिया पसल देखी सामाजिक सञ्जालमा यतिबेला चर्चा हुन थाल्येको छ । नेताहरु पनि आफ्नो पक्षमा मत पार्न मतदादता रिझाइरहेका छन् । उम्मेद्धवारहरु जनतासामु आफ्ना प्रतिवद्धता व्यक्त गरिरहेका छन् । यद्यपी मतदाता भने त्यति सजिलै उम्मेद्धवारलाई विश्वास गर्ने मनसायमा छैनन् । मतदाताहरु मत दिन उम्मेद्धवारका कामको र एजेण्डाहरुको मुल्याङकन गरिेहेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेद्धवार नेपाली काँग्रेसका एनपी साउँद र प्रदेश सभा ‘ख’ का उम्मेद्धवार बहादुर सिंह थापाका प्रतिवद्धतालाई अन्य उम्मेद्धवारको भन्दा बढी विश्वास गरिएको छ । कारण हो २०७४ मा निर्वाचित नेकपा एमालेका उम्मेद्धवार नर बहादुर धामीले ५ वर्षे कार्यकालमा बाँचा गरिएका प्राय योजनामा सिन्को समेत भाच्न सकेनन् । र केन्द्रिय राजनितिमा पनि त्यति राम्रो पहुच नहुदाँ पनि धामीलाई अहिले त्यती विश्वास गरिएको छैन । यस्तै नेपाली काँग्रेसका साउँद र थापाले २०७४ को निर्वाचनमा पराजित हुदाँ पनि क्षेत्र नं. २ को बाढी,नदि कटान नियन्त्रण तथा तटबन्ध निर्माणका क्षेत्रमा काम गरे । नेता साउँद र थापाको पहलमा कञ्चनपुरको दोदा, स्याली, स्यालीगाड, राधा, पथरिया, साजगाड, धारापानी खोला,गौडीखोला,खारखोला,ओदाल खोला,बन्दनदि,चौधर र कालीखोला लगाएतमा तटबन्ध निर्माणका लागि उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयबाट १० करोड रकम केही महिला अघि मात्रै स्विकृत भयो । मन्त्रालयले बोलपत्र आह्वान समेत गरिसकेको छ । निर्वाचनमा पराजित भएपनि जनताका समस्या समाधानका लागि निरन्तर पहल, काम गरेका कारण साउँद र थापालाई निर्वाचित भएपछि थप काम गर्नेछन भन्ने विश्वास गरिएको छ । यस्तै नेता साउँद र थापाको केन्द्रिय राजनितिमा बलियो पकड छ । पराजित हुदाँपनि काम गरेको र केन्द्रिय राजनितिमा बलियो पकड भएका कारण नेता साउँद र थापाले आफुले गरेका प्रतिवद्धता पुरा गर्नेमा जनताले विश्वास गरेको नेपाली काँग्रेसका युवा नेता दिपक जोशीले बताए । निर्वाचित भए साउँद केन्द्रिय र थापा प्रदेश सरकारका मन्त्री हुने ल्याकत भएका नेताका रुपमासमेत हेरिएको छ ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?