किन नेता साउँद र थापालाई अरु उम्मेद्धवार भन्दा बढी विश्वास गरिएको छ ?

महेन्द्रनगर । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन नजिकिए संगैँ कुन दल तथा को उम्मेद्धवारलाई मत दिने भनेर चिया पसल देखी सामाजिक सञ्जालमा यतिबेला चर्चा हुन थाल्येको छ । नेताहरु पनि आफ्नो पक्षमा मत पार्न मतदादता रिझाइरहेका छन् । उम्मेद्धवारहरु जनतासामु आफ्ना प्रतिवद्धता व्यक्त गरिरहेका छन् । यद्यपी मतदाता भने त्यति सजिलै उम्मेद्धवारलाई विश्वास गर्ने मनसायमा छैनन् । मतदाताहरु मत दिन उम्मेद्धवारका कामको र एजेण्डाहरुको मुल्याङकन गरिेहेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेद्धवार नेपाली काँग्रेसका एनपी साउँद र प्रदेश सभा ‘ख’ का उम्मेद्धवार बहादुर सिंह थापाका प्रतिवद्धतालाई अन्य उम्मेद्धवारको भन्दा बढी विश्वास गरिएको छ । कारण हो २०७४ मा निर्वाचित नेकपा एमालेका उम्मेद्धवार नर बहादुर धामीले ५ वर्षे कार्यकालमा बाँचा गरिएका प्राय योजनामा सिन्को समेत भाच्न सकेनन् । र केन्द्रिय राजनितिमा पनि त्यति राम्रो पहुच नहुदाँ पनि धामीलाई अहिले त्यती विश्वास गरिएको छैन । यस्तै नेपाली काँग्रेसका साउँद र थापाले २०७४ को निर्वाचनमा पराजित हुदाँ पनि क्षेत्र नं. २ को बाढी,नदि कटान नियन्त्रण तथा तटबन्ध निर्माणका क्षेत्रमा काम गरे । नेता साउँद र थापाको पहलमा कञ्चनपुरको दोदा, स्याली, स्यालीगाड, राधा, पथरिया, साजगाड, धारापानी खोला,गौडीखोला,खारखोला,ओदाल खोला,बन्दनदि,चौधर र कालीखोला लगाएतमा तटबन्ध निर्माणका लागि उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयबाट १० करोड रकम केही महिला अघि मात्रै स्विकृत भयो । मन्त्रालयले बोलपत्र आह्वान समेत गरिसकेको छ । निर्वाचनमा पराजित भएपनि जनताका समस्या समाधानका लागि निरन्तर पहल, काम गरेका कारण साउँद र थापालाई निर्वाचित भएपछि थप काम गर्नेछन भन्ने विश्वास गरिएको छ । यस्तै नेता साउँद र थापाको केन्द्रिय राजनितिमा बलियो पकड छ । पराजित हुदाँपनि काम गरेको र केन्द्रिय राजनितिमा बलियो पकड भएका कारण नेता साउँद र थापाले आफुले गरेका प्रतिवद्धता पुरा गर्नेमा जनताले विश्वास गरेको नेपाली काँग्रेसका युवा नेता दिपक जोशीले बताए । निर्वाचित भए साउँद केन्द्रिय र थापा प्रदेश सरकारका मन्त्री हुने ल्याकत भएका नेताका रुपमासमेत हेरिएको छ ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?