जोगबुढामा पक्कीपुल र तटबन्ध निर्माण गर्ने एमाले उम्मेदवार विष्टको प्रतिवद्धता

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ ख का उम्मेदवार सुरेन्द्र विष्टले दोधरा चाँदनीको जोगबुढामा पक्की पुल निर्माण गरिने बताएका छन् । नेकपा एमालेतर्फका उम्मेदवार रहेका विष्टले दोधराचाँदनी–८ सुन्दरनगरमा चुनावी सभालाई सम्बोधन गदैँ यस्तो प्रतिवद्दता व्यक्त गरेका हुन् ।
नेकपा एमाले नेतृत्वको सरकारको समय डिपिआर तयार भएकोले चाँडै जोगबुढा नदीमा पक्की पुल निर्माण कार्यलाई निरन्तरता दिने उनको भनाई छ । त्यस्तै जोगबुढामा पक्की तटबन्ध निर्माण गरिने पनि उनले बताए ।
‘अहिले यहाँ माझ आउँदा झुलुङ्गे पुलबाट आएको छु ।’ उनले भने ‘तपाईहरुले यस क्षेत्रबाट जिताएर पठाउनु भयो भने अर्का पटक पक्की बनाएर फर्किने छु ।’
भीमदत्त नगरपालिकाका निवर्तमान मेयर समेत रहेका विष्टले खैरभट्टी कुतियाकभर विकास मोडेलको रुपमा अघि बढाएका छन् ।
उनले सीमा समस्या समाधान पुर्वाबार विकास र पर्यटनको व्यवसायिकरण योजना बनाएका छन् ।
नेकपा एमाले राष्ट्रवादी भएको बताउँदै उनले पार्टी नेतृत्वको सरकार बने सीमा समस्या समाधान गरिने बताए ।
त्यस्तै उनले दोधराचाँदनीमा रहेको रहेको स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गरिने बताए ।
त्यस्तै कृषियान्त्रीकरणसँगै प्रवल खेतीलाई व्यवसायिकरण र त्यसको बजारिकरण गरिने प्रतिवद्धता व्यक्त गरे । उनले ‘दोधराचाँदनीबाट एउटै व्यक्ती १८ वर्षसम्म सांसद, मन्त्री भए तर सय मिटर मात्रै कालोपत्रे भयो ।’ उनले भने ‘पछिल्लो पाँच वर्षमा एमाले नेतृत्वको सरकारले यस क्षेत्रमा गरेको विकासका कामहरुबारे तपाईहरु जानकार नै हुनुहुन्छ ।’
त्यस्तै उम्मेदवार विष्टले पटक–पटक चुनाव जितेकाले दोधराचाँदनीको विकास गर्न नसकेकोले आफु यस क्षेत्रमा चुनाव लड्न आएको स्पष्ट समेत पारेका छन् ।
त्यस्तै एमालेले दोधराचाँदनी सुक्का बन्दरगाह निर्माण, महाकाली र जोगबुढामा पक्की तटबन्ध, महाकाली नदी र शुक्लाफाँटालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने प्रतिवद्धता जनाएको छ । बाबाथानलाई सीमा क्षेत्रको व्यवस्थीत सहर बनाउने पनि एमालेको योजना छ ।

ताजा खबर

जेनजी आन्दोलन ः काठमाण्डौँमा डिएसपी भन्दै जवान क्रुरतापूर्वक मारिए दार्चुलाका थापा

कञ्चनपुर, ३१ भदौँ २४ भदौँ राजधानी(काठमाण्डौँ) जेनजीको आन्दोलनमा महाराजगन्ज प्रहरी...

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?