शनिवार वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै पावर अफ युथ समुह

कञ्चनपुरमा रहेको पावर अफ युथले वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता दिएको छ । भीमदत्त नगरपालिका,जिल्ला प्रहरी कार्यालय, विद्यार्थी, बाल क्लब लगायतको सहभागितामा उक्त कार्यक्रमलाई निरन्तरता दिईएको हो ।
प्रत्येक हप्ताको शनिवार विहान ७ बजेदेखी महेन्द्रनगर अब बदलिन्छ भन्ने अभियान “स्वच्छ महेन्द्रनगर, हरित महेन्द्रनगर” महेन्द्रनगर हाम्रो हो — हाम्रै प्रयासले सम्भव छ परिवर्तन अभियानको नारा दिएर हरेक शनिवार सरसफाई कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।
शनिवार विहान ७ बजे महेन्द्र स्मारक देखि तरकारी बजार र सब्जी मण्डीलगायत क्षेत्रमा सरसफाई गरिएको छ । हामी स्वच्छ, हरित र सुन्दर महेन्द्रनगरको सपना देख्दैछौँ तपाईंको सहभागिता अनिवार्य छ भनेर उनिहरुले उक्त सरसफाई अभियानलाई यो दोस्रो हप्ता पनि निरन्तरता दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडकबहादुर खत्रीले यो सरसफाई अभियानले निरन्तरता पाउने पर्ने र स्थानियहरुले पनि यसमा सहभागिता जनाउन आग्रह गर्नुभयो ।
बजार क्षेत्रको भित्री क्षेत्र पछाडी पट्टी तर्फ धेरै फोहरहरु फालिदिने सरसफाई नगर्ने आफनो आँगन सफा गर्ने अरुको आँगनमा फोहर फाल्ने प्रवृत्तीले नै फोहर बढदै गईरहेको बताउनु भयो । तर युवाहरुको यो सरसफाई अभियानले एक प्रकारको सकारात्मक सन्देश जाने बताउनु भयो । यसैगरी, भीमदत्त नगरपालिका वातावरण अधिकृत सविन रावलले यो सरसफाई अभियानले जनचेतना सहित महेन्द्रनगरका भित्री क्षेत्रलाई सफा राख्न सहयोग पुग्ने बताउनु भयो ।
साथै,यसरी नै स्थानियहरुले पनि आएर साथ र एक्यवद्धता दिनु पर्ने र आफनो क्षेत्रलाई आफैले सफा गरिदिने हो भनेपनि फोहर धेरै नहुने बताउनु भयो । पावर अफ युथको यो अभियानमा पालिकाले पनि सहकार्य गरेर जनचेतना मुलक यो अभियानमा साथ दिएको र आगामी दिनमा पनि यसरी नै साथ र सहकार्य गर्ने प्रतिवद्धता रहेको बताउनु भयो ।
पावर अफ युथका सदस्य पुजा पालीले यो सरसफाई अभियानमा सम्पूर्णको जनसहभागिता हुनुपर्ने र पालिकाले पनि यसलाई निति कानूनको रुपमा फोहोर व्यवस्थापनमा लाग्नुपर्ने धारणा राखेका छन , भने यसमा स्थानिय युवाहरु, बाल क्लब युवा क्लबहरु, स्थानिय सरकार, सुरक्षा निकाय सबैले सहकार्य गर्नुपर्ने बताउनु भयो ।
यो समग्र महेन्द्रनगरलाई हराभरा स्वच्छ, सफा महेन्द्रनगर बनाउने अभियान रहेकाले सबैको साथ र सहकार्य आवस्यक रहेको यस समुहका सदस्य हेमराज भट्टले बताउनु भयो ।
अघिल्लो गत हप्ता शनिवार पनि यो समुहले विभिन्न क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको थियो भने यस कार्यलाई अझै निरन्तरता दिने अभियानका सदस्य अंकित जोशीले बताएका छन ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?