महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी
कञ्चनपुर २२ असार ।
कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी सुक्का बन्दरगाह र निर्माणाधिन मझागाँउ विमान स्थलको स्थलगत अनुगमन गरेका छन । आइतबार गृहमन्त्री लेखकले गत बर्ष महाकाली नदीको वाढीले भत्किएको गाईडबण्ड, निर्माणाधिन मझागाँउ विमान स्थल र दोधाराचाँदनी सुख्खा बन्दरगाहकोे स्थलगत निरीक्षण गरेका हुन ।
सरकारले भीमदत्त नगरपालिका ११, १२ र १३ वडालाई विपद संकट घोषणा गरेपछि गत जेठदेखि नेपाली सेनाले भत्किएको तटबन्ध र महाकाली नदी सिधा धारमा बगाउने काम गरिरहेको छ । स्थलगत अनुगमन गर्दै गृहमन्त्री लेखकले भत्किएको गाईडबण्डको काम सन्तोषजनक भईरहेको र समयमै गुणस्तरिय निर्माण काम सम्पन्न गर्न निर्देशन दिएका छन । गृहमन्त्री लेखकले बस्ती जोगाउनका लागि अहोरात्र खटिने सेनाका जवानलाई समेत धन्यवाद दिएका छन । गृहमन्त्री रमेश लेखकलाई सेनाका ईन्जिनियर एव कर्नेल निशान्त क्षेत्रीले तटबन्ध र नदीलाई जिरो प्वाईन्टबाट सिधा धारमा बगाउने काम भईरहेको बारे जानकारी गराएका थिए । गृहमन्त्री लेखकले भत्किएको गाईडबण्ड पुर्ननिर्माण भएसंगै तटिय क्षेत्रका जनता विपद मुक्त हुने विश्वास व्यक्त गरेका छन ।
स्थानीयले भुजेला खोला समेत महाकाली नदीमा सिधा धारमा बगाउनुपर्ने माग अघि सारेका छन । भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा
९झक्कास०ले भत्किएको तटबन्ध पुर्ननिर्माण, महाकाली नदीसंगै भुजेला खोला सिधा धारमा बगाउनुपर्ने बताए । गाईडबण्डको स्थलगत अनुगमनसंगै गृहमन्त्री लेखकले दोधाराचाँदनीको सुक्का बन्दरगाह स्थलको समेत अनुगमन गरेका छन । केही समय अघि सुक्का बन्दरगाह निर्माण स्थलमा रुख काटेर जमिन खाली गराईएको थियो । गृहमन्त्री लेखकलाई कञ्चनपुर उद्योग वाणिज्य संघका सदस्य एव उद्योगी तेज बहादुर चन्दले सुक्खा बन्दरगाहको कामकाज अघि बढाउन सरकारले तदारुकता देखाउनुपर्ने ध्यानाकर्षण गराएका छन । गृहमन्त्री लेखकले सुक्का बन्दरगाह निर्माणका लागि टेण्डर भईसकेको अब निरन्तर कामकाज अघि बढने विश्वास व्यक्त गरेका छन । गृहमन्त्री लेखकले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल सहितका सुरक्षा प्रमुखसंग जिल्लाको शान्ति सुरक्षादेखि विपद् व्यवस्थापन तयारीका विषयमा समेत जानकारी लिएका थिए । गृहमन्त्री लेखकले शान्ति सुरक्षा, सुशासनदेखि विपद् व्यवस्थापनको पुर्व तयारीमा जुटन निर्देशन दिएका थिए । गृहनगर पुगेका गृहमन्त्री रमेश लेखकलाई नेता कार्यकर्ताहरुले जिल्लाको विकासदेखि विपद व्यवस्थापनका लागि आवश्यक माग अघि सारेका छन । नेपाली काँग्रेस कञ्चनपुरकी नेतृ मिना कुँवरले भेटघाटका क्रममा नेता कार्यकर्ताहरुले गृहमन्त्री लेखक समक्ष राखेका विषयमा सरकारी निकायबाट सम्बोधन गरिने विश्वास दिलाएको बताईन । अनुगमनमा सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधीको समेत सहभागिता रहेको छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?