माओवादी केन्द्र बेदकोटले सहिद परिवारकै घरमै पुगेर सम्मान

कञ्चनपुर, १फागुन
नेकपा माओवादी केन्द्र बेदकोट नगर समितिले जनयुद्ध दिवस मनाएको छ । माओवादी केन्द्र बेदकोट नगर कार्य समितिले २७ औँ जनयुद्ध दिवस मनाएको हो ।
माओवादी केन्द बेदकोट नगरका उपाध्यक्ष भीम भट्टले जनयुद्ध दिवसको अवसर पारेर सहिद परिवारलाई सम्झिएको बताए । उपाध्यक्ष भट्टले सहितकै संघर्ष बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र आएकाले सहित परिवारकै घर घरमा पुगेर सम्मान गरिएको बताए ।
उनका अनुसार नगरका सबै वडामा रहेका सहिद परिवारकै घरमा पुगेका दोसल्ला ओढाएर सम्मानका साथै फलफुल वितरण गरिएको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्र बेदकोटका नगर अध्यक्ष लाल परियारले सहिदले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन । जनयुद्ध दिवसका दिन घरमै पुगेर पार्टीले सम्झिएको भन्दै सहित परिवार खुसी हुँदै सहिदले देखाएको बाटोमा अग्रसर हुन आब्हान गरेका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता सिके भट्टले माओवादी जनयुद्धकै कारण संघीयता, गणतन्त्र, धर्मनिरपेक्षा, समावेसी प्रतिनिधित्व सहित आम श्रमजिवीको मुक्ति भएको बताए ।
कार्यक्रममा प्रदेश कमिटि सदस्य हिरा जैसी, केन्द्रीय पाटी सल्लाहकार सदस्य कञ्चन भाट(डम्बर), माओवादी कञ्चनपुरका युवा नेता सिके भट्ट, बेदकोट पार्टी सचिव दान बहादुर बम सहितका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?