माओवादी केन्द्र बेदकोटले सहिद परिवारकै घरमै पुगेर सम्मान

कञ्चनपुर, १फागुन
नेकपा माओवादी केन्द्र बेदकोट नगर समितिले जनयुद्ध दिवस मनाएको छ । माओवादी केन्द्र बेदकोट नगर कार्य समितिले २७ औँ जनयुद्ध दिवस मनाएको हो ।
माओवादी केन्द बेदकोट नगरका उपाध्यक्ष भीम भट्टले जनयुद्ध दिवसको अवसर पारेर सहिद परिवारलाई सम्झिएको बताए । उपाध्यक्ष भट्टले सहितकै संघर्ष बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र आएकाले सहित परिवारकै घर घरमा पुगेर सम्मान गरिएको बताए ।
उनका अनुसार नगरका सबै वडामा रहेका सहिद परिवारकै घरमा पुगेका दोसल्ला ओढाएर सम्मानका साथै फलफुल वितरण गरिएको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्र बेदकोटका नगर अध्यक्ष लाल परियारले सहिदले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन । जनयुद्ध दिवसका दिन घरमै पुगेर पार्टीले सम्झिएको भन्दै सहित परिवार खुसी हुँदै सहिदले देखाएको बाटोमा अग्रसर हुन आब्हान गरेका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता सिके भट्टले माओवादी जनयुद्धकै कारण संघीयता, गणतन्त्र, धर्मनिरपेक्षा, समावेसी प्रतिनिधित्व सहित आम श्रमजिवीको मुक्ति भएको बताए ।
कार्यक्रममा प्रदेश कमिटि सदस्य हिरा जैसी, केन्द्रीय पाटी सल्लाहकार सदस्य कञ्चन भाट(डम्बर), माओवादी कञ्चनपुरका युवा नेता सिके भट्ट, बेदकोट पार्टी सचिव दान बहादुर बम सहितका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?