अझै अन्धकार छ प्राचीन नायल गाँउ

कञ्चनपुर  । विश्वले प्रविधको क्षेत्रमा ठुलो फड्को मारिसकेको छ तर सुदूरपश्चिम प्रदेश कैलाली, कञ्चनपुर र डडेल्धुरा तीन जिल्लाको सीमा क्षेत्रमा रहेको भित्रीमधेशको प्राचिन नाईल गाँउ अझै अन्धकारमय नै छ । गाँउ गाँउमा सिहदरबार सम्बृद्ध नेपाल सुखी नेपाली भन्ने नाराले कहिल्यै यो गाँउलाई छुन सकेको छैन ।

उसो त कहिलेकाहि चुनावको वेला नेताहरु समेत यो गाँउमा नआएका होईनन, हालका प्रधानमन्त्रीका वुवाले समेत यो गाँउमा कयौ पटक वाश वसेर गएका याहाका स्थानीयहरुकामे भनाईरहेको छ । भौगोलिक हिसावले कैैलालीको गोदावरी नगरपलिका वडा नम्वर १२ मा पर्ने भए पनी कञ्चनपुर संग वढी नजिक रहेको प्राचिन नायल गाँउमा हाल सम्म पनी विद्युतीकरण नहुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन । गाँउ पुग्नका लागि सडकको पहुँच समेत पुर्ण सुविधायुक्त छैन । पुर्वपश्चिम महेन्द्र राजमार्गको कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वंकदेखि झण्डै २२ किलोमिटर उत्तरमा पर्ने उक्त गाँउ सहित आसपासका दर्जनौँ गाँउमा विद्युतीकरण नहुँदा स्थानीय अन्धकारमै बस्न बाध्य भएका छन ।

सरकारले विपन्न गरिब जनताका लागि भन्दै २० यूनिटसम्म विद्युत निःशुल्क गरेको छ । तर, त्यहाँका विपन्नले अहिलेसम्म बिजुली वाल्न पाएका छैनन । गाँउमा विद्युतीकरण नहुँदा उज्याँलोका साथै अन्य दैनिक गतिबिधी गर्न समस्या भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको केन्द्र रहेको धनगढी देखि झण्डै ७० किलोमिटर उत्तरमा रहेको उक्त गाँउमा प्रदेश सरकारले ध्यान समेत दिएको छैन । प्रदेश सरकारको गाँउ कुना कन्दरमा विकास निर्माण भन्दा पनि सुविधायुक्त ठाँउमा विकास केन्द्रीत रहेको छ ।

स्थानीय यज्ञ बहादुर बोहराले तीन जिल्लाको सीमा बस्ती भएकाले कुनैपनि जिल्लाबाट पहल नभएको बताए । ‘यो हाम्रो गाँउ चुरे पहाडमा पर्छ, ‘उनले भने, ‘यहाँ तीनै जिल्लाबाट चासो दिएको छैन ।’ विगतमा केही स्थानीयले कैलाली मालपोत कार्यालयबाट नापी गरेको ईतिहास रहेको बताउँदै उनले अहिले गोदाबरी नगरपालिका १२ मा नाईल पर्छ । नाईल गाँउमा ३ सयबर्ष अघि मानव बस्ती रहेको उनले बताए । ‘यो गाँउमा ३ सय बर्षअघि पनि मानिस बसेको ईतिहास छ, ‘उनले भने, ‘हाम्रा पुर्खा बसेको झण्डै साढे सात दशक भईसक्यो, तर पनि गाँउमा विद्युत छैन ।’ अर्का स्थानीय ईन्द्र बोहराले गाँउमा विद्युतीकरण नहुँदा आर्थिक रुपमा सम्पन्न हुनेले सौर्यबत्ती जडान गरेको विपन्नले अझैपनि दाउँराको झोरो बाल्दै आएको उनले बताए । ‘उज्यालो नहुँदा विद्यार्थीलाई समेत समस्या भएको छ, ‘उनले भने, ‘किताब बढ्नेदेखि अन्य थुप्रै समस्या छ ।’ विद्युत जडान नहुँदा कुटानी पिसानीका लागि समेत परम्परागत घट्ट निर्माण गरिएको बताउदै उनले गाँउसम्म पुग्ने मोटरेबल सडक विस्तार समेत नभएको बताए । ‘कञ्चनपुरदेखि गाँउसम्म ट्याक मात्रै खोलिएको छ, ‘उनले भने, ‘डडेल्धुरा कैलालीदेखि गाँउ जोड्ने मोटरेबल सडक छैन, पदमार्ग मात्रै छ ।’ विद्युत जडान नहुँदा दैनिक कृयाकलाप, कृषि, शिक्षा स्वास्थ्य, संचार लगायतका सेवाबाट बञ्चित भएको उनको दुखेसो छ ।

गाँउमा विद्युतीकरणका लागि नेकपा एकिकृत समाजवादी सुदूरपश्चिम प्रदेशका सदस्य सुरेन्द्र बहादुर बमले प्रयास गरिहेका छन । समाजवादीका नेता एव समाजसेवी बमकै अगुवार्ईमा नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश निर्देशनालय, कैलाली, कञ्चनपुरका विद्युत प्राधिकरणका पदाधिकारीले गाँउको स्थलगत अनुगमन गरेका छन । मंगलबार नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेशका निर्देशनालयका निर्देशक जंग बहादुर चन्द, कञ्चनपुरका निमित्त प्रमुख ललित चन्द र कैलालीका प्रमुख सुर्य नारायण मण्डलले स्थलगत अनुगमन गरेका हुन ।समाजवादी सुदूरपश्चिम प्रदेशका सदस्य सुरेन्द्र बहादुर बमले तीन जिल्लाको मध्य विद्युतमा रहेका नाईल सहितका दर्जनौँ गाँउबस्तीमा कम्तिमा केन्द्र सरकारको ध्यान नपुगेपनि प्रदेश सरकारको समेत ध्यान नपुगेकाले अहिलेसम्म गाँउ अन्धकार रहेको बताए ।

‘सुदूरपश्चिमबाट यहाँबाट थुप्रै संसद भए, मन्त्री भए, उप प्रधानमन्त्री भए प्रधानमन्त्री पनि भए अहिले पनि छन, तर पनि यो विपन्न बस्तीमा उज्यालो र विकासका लागि कसैले चासो दिएन, ‘उनले भने, ‘तीनै कैलाली कञ्चनपुरबाट नजिकको बस्ती हुँदा पनि सरकारले चासो नै दिएन ।’ संघ सरकारले चासो नदिएपनि प्रदेश सरकार गठन भएको चार बर्षसम्म वितिसक्दा पनि प्रदेश सरकार यस्ता विपन्न गाँउमा नजर समेत राख्न चाहदैन ।’ नेता बलमे विद्युत प्राधिकरणका पदाधिकारीसंग जनताले पनि आफ्नो ठाँउबाट विद्युतीकरणमा पहल गर्ने बताउदै यथाशिघ्र पहल गरिदिन आग्रह गरेका छन ।
गाँउमा विद्युत जडानका लागि स्थलगत अनुगमनमा पुगेका नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेशका निर्देशक जंग बहादुर चन्दले गाँउमा विद्युतीकरणका लागि प्राधिकरण तयार रहेको बताए । ‘गाँउमा अहिलेसम्म विद्युतीकरण नभएको रहेछ, ‘उनले भने, ‘हामीले अहिले अध्यनन गरेका छौँ, प्रकृया अनुरुप विद्युतकिरणका लागि सर्वे गरेर अघि बढ्छौँ ।’ फिल्डमा कति पोल, तार लाग्न त्यही अनुरुप सर्वे गराउने र लागत स्टमेट तयार गरेर नाईल सहितका आसपासका गाँउबस्तीमा चालु बर्षमै विद्युतीकरण गर्ने उनले बताए । प्राधिकरणको आन्तरिक श्रोत बाट सम्भव भए १५ दिन पछी फिल्डमा काम भईरहेको देख्न सक्नु हुने छ यदी माथिल्लो निकाय संग बजेट माग गर्नु पर्ने भए पनी केहि समय लाग्ने तर काम जसरी पन गर्ने समेत उहाले बताउनु भएको छ । गाँउमा पहिलो पटक विद्युत प्राधिकरणका प्रदेश निर्देशक सहित कैलाली, कञ्चनपुरका दुवै जिल्लाका विद्युतका प्रमुख एव पदाधिकारीले स्थलगत अनुगमन गरेसंगै स्थानीय विद्युतीकरण हुनेमा आशाबादी रहेका छन

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?