भीमदत्तको नगरसभा अधिवेशन २१ विधेयक पारित गर्दै सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको नगर सभा अधिवेशन सम्पन्न भएको छ । गत शनिबार उद्धघाटन गरिएको नगर सभा अधिवेशन आईतबार सम्मन्न भएको हो । भीमदत्त नगरपालिका नगर प्रवत्ता हिमाल चन्दले सभामा २१ विधेयक पास भएको बताउनु भयो । उहाँ अनुसार विधेयकसँगै अन्य सभाले महत्वपुर्ण निर्णय पनि गरेको छ । शनिबार सभामा २१ वटा विधेयक पेस भएका थिए । उक्त विधेयकमाथि अध्ययन गर्न सभा सदस्यलाई एक हप्ताको समय उपलब्ध गराईएको थियो । विधेयक अध्ययनपछि सभामा छलफल भएको र सदस्यबाट आएका सुझाव अनुसार आवश्यक संशोधनसहित विधेयक पारित गरिएको नगर प्रवक्ता चन्दको भनाई छ ।
नगर सभा अधिवेशनबाट नगरपालिका कार्य सञ्चालन विधेयक, सार्वजनिक सुनवाई सम्बन्धि विधेयक, भिमदत्त प्रज्ञा प्रतिष्ठान विधेयक, वातावरण तथा प्राकृतिक श्रोत संरक्षण सम्बन्धी विधेयक, न्यायिक समिति सम्बन्धी कार्यविधि, नगर प्रहरी, नगर शिक्षा, बजार व्यवस्थापन, स्थानीय सेवा, सार्वजनिक निजि साझेदारी, एफएम रेडियो सञ्चालन, कृषी, विपद् जोखिम जोखिम न्युनिकरण विधेयक, वन विधेयक, स्थानीय स्वास्थ्य विधेयक, भवन निर्माण मापदण्ड लगायतका विधेयक पारित भएका हुन् । नगरपालिकाले यस अघि नै २१ वटा ऐन, नौ निमावली, ५५ कार्यविधि र छ निर्देशिका निर्माण गरि लागु गरिसकेको छ । सभामा चाुल आर्थिक वर्षको प्रगति समिक्षा समेत पेश गरिएको थियो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । नगर प्रमुख विष्टले विषयगत विधेयक, प्रगति समिक्षा लगायत अन्य विषयमा छलफलसहित आवश्यक निर्णय गरिएको बताउनु भयो । सुदूरपश्चिम प्रदेशमै भीमदत्त नगरपालिकाले स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकालको अन्तिम नगर सभा सम्पन्न गरेको हो ।

ताजा खबर

बागफाँटा लक्ष्मी मावि गणित विद्यामा प्रथम

कञ्चनपुर, जेठ १३ कञ्चनपुरको लक्ष्मी माध्यामिक विद्यालय बागफाँटा गणित विद्यामा...

सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका पुर्व विद्यार्थी क्यान्सर पिडित कार्की आर्थीक संकटमा

कञ्चनपुर, १३ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसका...

नेशनल प्याथ ल्याव एण्ड रिसर्च प्रा.लि.शाखा महेन्द्रनगरमा पनि सञ्चालनमा

उपेश सिंह धामी महेन्द्रनगर १० जेठ । कञ्चनपुरको महेन्द्रनगरमा सुविधा...

बागफाँटाकोे लक्ष्मी मा.वि. गुरुयोजना निर्माणका लागि सरोकारवालासंग सुझाव संकलनमा

उपेश सिंह धामी महेन्द्रनगर ०९ जेठ । कञ्चनपुरको एक सरकारी विद्यालय...

कञ्चनपुरका वन प्रमुख ठाकुर भ्रष्टाचारमा लिप्त

उपेश सिंह धामी कञ्चनपुर, ०९ जेठ । कञ्चनपुरका डिभिजन वन कार्यालय...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?