अखिल क्रान्तिकारीको सुप विश्वविद्यालय उपकुलपतिलाई ज्ञापन पत्र

कञ्चनपुर । सूदूरपश्चिम विश्वविद्यालयको ९ औँ सभाले गरेका विवादास्पद निर्णय त्यसबाट शिक्षक कर्मचारीको आन्दोलनलाई मत्थर पार्नका लागि विश्वविद्यालय नेतृत्वले पद वितरण गरेर विश्वविद्यालय धरासायी बनाउन खोजिएको भन्दै फेरी क्रान्तिकारी विद्यार्थी आन्दोलित भएको छ । अखिल क्रान्तिकारी नेतृत्वले सुप विश्वविद्यालय बनाउने भन्दा लुटन आफन्त पोस्ने काम गरेको भन्दै बिहीबार उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको छ । कार्यालयमा उपकुपति डा. अम्मराज जोशी नभेटिएपछि क्रान्तिकारीले विश्वविद्यालय उच्च पदस्थ कर्मचारी प्रशासक गोबिन्दबल्लभ पन्तलाई ज्ञापन पत्र बुझाएका छन । अखिल क्रान्तिकारी सुप विश्वविद्यालय इकाई अध्यक्ष गणेशराज मिश्रले विश्वविद्यालय बनाउने भन्दा सक्न, आफ्नो निजी स्वार्थपूर्तिका लागि उपकुलपतिले पद वितरण गरेर विद्यार्थीको टाउकोमा भार थमाएको आरोप लगाए । सुप विश्वविद्यालय सभा गरेका निर्णय सार्वजनिक नगरेपछि पनि विद्यार्थी संघ संगठन एव आम नागरिकले अपादर्शी काम भएकाले निर्णय सार्वजनिक नगरिएको अथ्र्याएका छन । क्रान्तिकारीले विश्वविद्यालय बिरोधी र धरासायी बनाउने निर्णय खारेजी गर्नका लागि तीन दिने अल्टिमेटम दिएर आन्दोलनको चेतानी दिएका छन ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?