अखिल क्रान्तिकारीको सुप विश्वविद्यालय उपकुलपतिलाई ज्ञापन पत्र

कञ्चनपुर । सूदूरपश्चिम विश्वविद्यालयको ९ औँ सभाले गरेका विवादास्पद निर्णय त्यसबाट शिक्षक कर्मचारीको आन्दोलनलाई मत्थर पार्नका लागि विश्वविद्यालय नेतृत्वले पद वितरण गरेर विश्वविद्यालय धरासायी बनाउन खोजिएको भन्दै फेरी क्रान्तिकारी विद्यार्थी आन्दोलित भएको छ । अखिल क्रान्तिकारी नेतृत्वले सुप विश्वविद्यालय बनाउने भन्दा लुटन आफन्त पोस्ने काम गरेको भन्दै बिहीबार उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको छ । कार्यालयमा उपकुपति डा. अम्मराज जोशी नभेटिएपछि क्रान्तिकारीले विश्वविद्यालय उच्च पदस्थ कर्मचारी प्रशासक गोबिन्दबल्लभ पन्तलाई ज्ञापन पत्र बुझाएका छन । अखिल क्रान्तिकारी सुप विश्वविद्यालय इकाई अध्यक्ष गणेशराज मिश्रले विश्वविद्यालय बनाउने भन्दा सक्न, आफ्नो निजी स्वार्थपूर्तिका लागि उपकुलपतिले पद वितरण गरेर विद्यार्थीको टाउकोमा भार थमाएको आरोप लगाए । सुप विश्वविद्यालय सभा गरेका निर्णय सार्वजनिक नगरेपछि पनि विद्यार्थी संघ संगठन एव आम नागरिकले अपादर्शी काम भएकाले निर्णय सार्वजनिक नगरिएको अथ्र्याएका छन । क्रान्तिकारीले विश्वविद्यालय बिरोधी र धरासायी बनाउने निर्णय खारेजी गर्नका लागि तीन दिने अल्टिमेटम दिएर आन्दोलनको चेतानी दिएका छन ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?