टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका र आशिर्वाद लिइँदै

असोज ३०, कन्चनपुर । बडादसैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरिँदैछ । विजयाशमी अर्थात् दसैंको टीकाको मुख्य दिन शुक्रबार नै भए पनि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने चलन छ ।

विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज आफन्तजनसँग भेटघाट गर्दै टीका थापेर आर्शिवाद लिने गर्छन् ।

विजयादशमीको दिन पुग्न नभ्याएका मान्यजनको घरमा गएर टीका थाप्न जाने प्रचलन छ । कतिपय स्थानमा भने विजयादशमीको दिनमात्रै टीका लगाउने चलन पनि छ ।
कोरोना भाइरसको जोखिम कायमै रहेकाले विगतका वर्षहरुको जस्तो चहलपहल भने देखिदैन ।

घटस्थापनाका दिन दसैं घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरेर उमारिएको जमरा तथा प्रसाद पूर्णिमासम्म नै लगाउने गरिन्छ ।

ताजा खबर

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?