टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका र आशिर्वाद लिइँदै

असोज ३०, कन्चनपुर । बडादसैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरिँदैछ । विजयाशमी अर्थात् दसैंको टीकाको मुख्य दिन शुक्रबार नै भए पनि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने चलन छ ।

विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज आफन्तजनसँग भेटघाट गर्दै टीका थापेर आर्शिवाद लिने गर्छन् ।

विजयादशमीको दिन पुग्न नभ्याएका मान्यजनको घरमा गएर टीका थाप्न जाने प्रचलन छ । कतिपय स्थानमा भने विजयादशमीको दिनमात्रै टीका लगाउने चलन पनि छ ।
कोरोना भाइरसको जोखिम कायमै रहेकाले विगतका वर्षहरुको जस्तो चहलपहल भने देखिदैन ।

घटस्थापनाका दिन दसैं घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरेर उमारिएको जमरा तथा प्रसाद पूर्णिमासम्म नै लगाउने गरिन्छ ।

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?