बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८

असोज २६, मुगु । मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । दुर्घटनामा घाइते १६ जनाको उद्दार गरिएको छ । ३ जनाको हेलिकप्टरबाट र १२ जनाको जहाजबाट उद्दार गरी नेपालगन्ज लगिएको छ । घाइते एकजना बालिकाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । बसमा ४० जना यात्रु सवार थिए ।

 

नेपालगन्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख  ३१६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो । अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । २८ जनाको मृत्यु भएको र मृतकहरुको सनाखतको काम चलिरहेको छ । घटनास्थल सदरमुकाम गमगढीबाट झण्डै तीन घण्टाको दूरीमा रहेको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?