पीडितलाई खाता विवरण हेर्न दिएनन, एनएमबी बैंकले ।

असोज २६,महेन्द्रनगर । सामाजिक सञ्जालको प्रयोग गरी शुक्लाफाँटा नगरपालिका–७ का दुई जनालाई ठग्ने व्यक्ति सिराहाको भएको खुलेपनि प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
ती व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गरी राजकुमारी चौधरी र कालुराम डगौराको बैंक खाताबाट १ लाख २६ हजार ३ सय रुपैयाँ झिकेका थिए ।

पीडितले इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएपछि खोजतलास गरिएको थियो । अनुसन्धानका क्रममा ती व्यक्ति सिराहा जिल्लाको भएको खुलेपनि अझै पक्राउ नपरेका हुन ।
प्रारम्भिक अनुसन्धानबाट ठगी गर्ने व्यक्ति सिराहाको भएको पत्ता लागेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराले बताए । ‘हामी ठगी गर्ने व्यक्तिको नजिक पुगेका छौं,’ उनले भने, ‘त्यो व्यक्तिको घर समेत पत्ता लगाएका छौं, सिराहा प्रहरीसँगको समन्वयमा अनुसन्धान भइरहेको छ ।’

सामाजिक सञ्जालबाट ठगी गर्ने व्यक्तिको गाउँमा सादा पोशाकका प्रहरी परिचालन गरिएको खबर आएको प्रहरी निरीक्षक बोहोराले बताए । ‘त्यो व्यक्ति घरमा नभएकाले पक्राउ गर्न सकेका छैनौं,’ उनले भने, ‘दशैंमा घर आउन सक्छ, त्यो बेला पक्राउ गरेर थप अनुसन्धान गर्छौ ।’ सिराहाका डीएसपी शुवास बुढाथोकीको टालीले ठगी गर्ने व्यक्तिको खोजतलासमा सहयोग गरिरहेको उनी बताउँछन् ।

सामाजिक सञ्जालबाट ठगी गर्ने व्यक्तिले अरुलाई पनि ठगी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । ‘त्यो व्यक्तिले अन्य व्यक्तिलाई पनि ठगेको हुन सक्छ,’ प्रहरी निरीक्षक बोहराले भने, ‘यो घटनाको अनुसन्धानमा साइबर व्यूरोले पनि सहयोग गरिरहेको छ ।’ ठगी गर्ने व्यक्तिलाई बैकिङ कसुर अन्र्तगत कारबाही हुनेछ । एनएमबी बैंकबाट ठगले रकम झिकेको थियो ।

पीडित व्यक्तिहरुको खाताबारे जानकारी दिन बैंकले ढिलाइँ गरेको उनी बताउँछन् । ‘ठगिएका व्यक्तिहरुको खाताको विवरण मागेका छौं,’ उनले भने, ‘एनएमबी बैंकले आवश्यक कागजपत्र दिन ढिलाइ गरेको छ ।’ सामाजिक सञ्जालमा आएको चिठ्ठा सम्बन्धि सूचनालाई विश्वास गर्दा राजकुमारी चौधरी र कालुराम डगौरा ठगिएका थिए ।

उनीहरुलाई अपराधिक समुहले २५ लाखको चिठ्ठा परेको प्रलोभन देखाएर १ लाख २६ हजार ३ सय रुपैयाँ ठगेको थियो । ठगले पीडितको बैंक खाताको ओटीपी नम्बर मागेर चौधरीबाट ३१ हजार र डगौराबाट ९५ हजार ३ सय रुपैयाँ खाताबाट निकालेको थियो । चौधरीको झलारीस्थित एनएमबी बैंकमा खाता छ भने डगौराको कुमारी बैंकमा खाता रहेको छ ।

यस्तो छ घटना बिबरण

केही दिन अगाडी राजकुमारी चौधरीको इमोमा अपरिचित नम्बरबाट म्यासेज आयो । म्यासेजमा लेखिएको थियो, ‘तपाइलाई चिठ्ठा परेको छ ।’ ठगले चौधरीलाई इमोमा ३÷४ दिन लगातार फोन तथा म्यासेज गरिरहे । केही दिनसम्म चौधरीले उनको म्यासेजलाई वास्ता गरिनन ।

इमोमा म्यासेज तथा कल गर्ने व्यक्तिले सताउन थालेपछि उनले त्यो व्यक्तिलाई ब्लक नै गरिन । तर, ठगी गर्ने व्यक्तिले चौधरीले इमोमा प्रयोग भएको नम्बरमा फोन ग-यो । ठगले मोबाइल नम्बरमै फोन गरेपछि चौधरीले आफ्नो खाता नम्बर (ओटीपी) दिइन । नम्बर दिएको २\३ दिनपछि ठगले चौधरीको खाताबाट रकम निकाल्यो ।

रानासँग पनि यस्तै पक्रिया अपनाएको थियो ठगले । रकम निकालेपछि उनीहरुले इलाका प्रहरी कार्यालय र बैंक धाए । त्यहाँ पुगेपछि मात्रै चौधरी र डगौराले आफुहरु ठगिएको चाल पाएका थिए ।

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?