देवशक्ति बचत तथा ऋण सहकारी संस्थाको १३ ओ साधारण सभा सम्पन्न

असोज १८ महेन्द्रनगर: देवशक्ति बचत तथा ऋण सहकारी संस्था लि.भीमदत्त नगरपालिका १८ कन्चनपुरको १३ वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरेन्द्र सिह साउदको अध्यक्षमा सम्पन्न भएको साधारण सभामा नेफ्सकुन संचालक माधव प्रसाद जोशी रहनु भएको थियो भने भिमदत्त नगरपालिकाका सहकारी इकाई विभाग प्रमुख विमला भाट रहनु भएको थियो । कार्यक्रममा संस्थाका सचिव विरेन्द्र प्रसाद भट्टले ३० करोड ३४ लाख ६३ हजार ९ सय २८ रुपैया बराबरको आर्थिक वर्ष २०७७।०७८ को आयब्यय प्रस्तुत गर्नुभयो भने आ.व.२०७८।०७९ को रु.३४ करोड ७ लाख ४ हजार ४ सय २५ रुपैया बराबरको अनुमानित आय ब्यय प्रस्तुत गरिएको थियो । सहकारी हाल २१११ सदस्य रहेका छन भने आ.व.२०७७।०७८ मा सदस्यहरुको ५ करोड १ लाख ६० हजार ८५ बचत रहेको थियो भने ७ करोड ८१ लाख १५ हजार ३ सय ८५ रुपैया कर्जा लगानी रहेको थियो । संस्थाको हाल १ करोड ७८ लाख २१ हजार सेयरपुजी रहेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुरेन्द्र साउदले संस्थाले सदस्यहरुलाई एसएमएस सेवा सुचारु गर्नुका साथै मोबाइल बैंकिंग सेवा समेत शुरु गरेको बताउनु भयो । साथै आगामी वर्ष समेत सामाजिक उत्तरदायित्वका क्रियाकलाप संचालन गरिने बताउनु भयो । यसैगरी ब्यवस्थापक मदन सिह धामीले संस्थाको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो संस्थाका कोषाध्यक्ष जानकी बोहराको आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो भने संस्थाका सचिव विरेन्द्र प्रसाद भट्टले संस्थाको निति तथा कार्यक्रम पेश गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष जानकी बोहराले आर्थिक प्रतिवेदन पेश गर्नुभयो साथै संस्थाका लेखासुपरिक्षेण समितिका संयोजक विष्णु प्रसाद बोकटीले सुझाव सहितको प्रतिवेदन पेश गर्नु भएको थियो ।

साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ताहरुमा भीनपा ११ भुजेला निवासी विरेन्द्र जोशी , भीनपा ४ भगतपुर निवासी राज बहादुर ठकुराठी , भीनपा ३ खैरेनी निवासी त्रिपुरेश्वरी भट्ट , भीनपा ५ सुकासाल निवासी श्याम सुनार , भीनपा ६ ऐठपुर निवासी शान्ती डंगौरा ,भीनपा ४ गोबरैया निवासी देवराज भट्ट , भीनपा ४ बजार निवासी दिल बहादुर ऐर, भीनपा १ भासी निवासी तारा बहादुर चौधरी लाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट ऋणीहरु भीनपा १७ निवासी चन्द्रकला पाठक, भीनपा ४ गोरैया निवासी देवकी चन्द , भीनपा ६ ऐठपुर निवासी उमेश कुमार जोशी ,भीनपा ५ सुकासाल निवासी मंगली लुहार, भीनपा ४ सब्जिमण्डि निवासी ज्योती मल्ल, भीनपा ४ गोबरैया निवासी दिनेश बहादुर चन्द , भीनपा २ भासी निवासी हेमा कुमारी कुवर र भीनपा ९ ब्रह्मदेव निवासी खेमराज भट्टलाई सम्मान गरिएको थियो । यसैगरि उत्कृष्ट कर्मचारीमा लिला कंडेल धामी, नवराज जोशी र सविना चौधरीलाई सम्मान गरिएको थियो ।

 

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?