सुरुङमार्ग बनाउन नौ कम्पनीको आवेदन

भदौ १० काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौवटा कम्पनीले आवेदन दिएका छन् ।
सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौवटा अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दर्ता गराएको जानकारी दिनुभयो । सुरुङमार्ग निर्माण गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपियाँको बजेट सुनिश्चित भइसकेको छ ।

सुरुङमार्गका लागि चालू आर्थिक वर्षमा ६० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । सरकारले गत तीन आर्थिक वर्षदेखि बजेट विनियोजन गर्दै आए पनि यो सुरुङमार्ग निर्माण कार्य अगाडि बढ्न नसक्दा बजेट ‘फ्रिज’ हुँदै आएको छ ।
उहाँले भन्नुभयो, “आवेदन दिएका कम्पनीहरूको प्राविधिक प्रस्तावको अहिले मूल्याङ्कन भइरहेको छ । प्राविधिक मूल्याङ्कनमा उत्कृष्ट कम्पनीको मात्र आर्थिक प्रस्तावको समेत मूल्याङ्कन गरिने छ । दुईवटै मूल्याङ्कनमा उत्कृष्ट भएका कम्पनीसँग सम्झौता गरी निर्माण कार्य अगाडि बढाइने छ ।” आवेदन दिएका कम्पनीहरूले बोलपत्रको मापदण्ड पूरा गरेको अवस्थामा अबको दुई महिनाभित्र कम्पनी छनोट प्रक्रिया पूरा हुने उहाँले स्पष्ट पार्नुभयो । छनोट भएका कम्पनीले पाँच वर्षभित्र सुरुङमार्गको निर्माण सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।
छनोट भएका निर्माण कम्पनीले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङमार्ग निर्माण गर्ने निर्देशक जैसीले बताउनुभयो । त्यसैगरी सुरुङमार्ग निर्माण सम्पन्न भएको एक वर्षसम्म ‘डिफेक्ट लायबिलिटी पिरियड (डीएलपी)’ निर्माण सम्बन्धित निर्माण कम्पनीको नै हुने उहाँले बताउनुभयो । ‘डीएलपी’ को अवधिमा सुरुङमार्गको मर्मत सम्भारको जिम्मेवारी निर्माण कम्पनीको नै हुनेछ ।

यो सुरुङमार्गको पोर्टल बुटवल–तानसेन सडक खण्डमा रहेको सिद्धबाबाको मन्दिरस्थित चिडियाखोला नजिकै हुनेछ । दुई लेनको हुने यस सुरुङमार्गको कुल लम्बाइ १.१२६ किलोमिटर हुनेछ । सुरुङमार्गको निर्माण ‘एसियन हाइवे स्ट्यान्डर्ड’को हुने निर्देशक जैसीले बताउनुभयो । सिद्धबाबाको अति जोखिम झन्डै पाँच किलोमिटर क्षेत्रमध्ये उपल्लो सिद्धबाबादेखि रामापिथेकस पार्कसम्म सो सुरुङमार्ग गरिनेछ ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?