उपत्यकामा नियमित अनुगमन

भदौ १० काठमाडौँ । कोभिड–१९ महामारीको सङ्क्रमण घटाउन काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले अनुगमन कार्यलाई तीव्रता दिने भएका छन् ।

गत वैशाख १५ बाट उपत्यकामा जारी परिमार्जित निषेधाज्ञा भदौ १६ सम्म लम्बिएसँगै अनुगमनमा तीव्रता दिइएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बजार व्यवसाय तथा सार्वजनिक सेवाको अनुगमनलाई नियमित र तीव्र पारिने बताउनुभयो ।

उहाँले स्वास्थ्य मापदण्डको प्रभावकारी पालना नभई सङ्क्रमण बढ्न गएमा कुनै पनि बेला कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश पूर्ण रूपमा लागू हुन सक्नेप्रति सतर्क र सजग गराउँदै सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षाकर्मीसहित नियमित तथा आकस्मिक अनुगमन भइरहेको बताउनुभयो । त्यस्तै उहाँले सार्वजनिक यातायात, उद्योग व्यवसाय, बजार, बस्ती, पसल, सडक, चोकलगायतका क्षेत्रमा मास्क प्रयोग अनिवार्य, सेनिटाइजर र भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालनामा विशेष जोड दिइएको जानकारी दिनुभयो ।

घरबाहिर निस्कँदा मास्क प्रयोगसँगै सडक फुटपाथदेखि घरपसल तथा सार्वजनिक स्थानमा दुई व्यक्तिबीच दुई मिटरको भौतिक दूरी अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले विशेष किसिमको सभा तथा सम्मेलन गर्नु परेमा हल तथा कोठाको आकारअनुसार २५ जनाभन्दा बढी भेला नहुने गरी औपचारिक छलफल, गोष्ठी र परीक्षा सञ्चालन गर्न सकिने बताउनुभयो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख हरिबहादुर पालले कोभिड–१९ नियन्त्रण अनुगमनका क्रममा मास्क प्रयोग र भौतिक दूरी पालना नगर्नेविरुद्ध कारबाही नै सुरु गरेको बताउनुभयो । मास्क नलगाउनेलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ भने भौतिक दूरी पालना नगर्ने व्यापार व्यवसाय सञ्चालक तथा ग्राहकलाई सचेत गराइएको छ ।

ताजा खबर

जैविक मल उत्पादन गर्न गोशाला निर्माण तथा गड्यौला पालनको तयारी

कञ्चनपुर-भीमदत्त नगरपालिका वडा नम्वर १९ मा रहेको त्रिवेणि टोल...

लागु औषध सहित दुई जना पक्राउ

नेपालगञ्ज - लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरले...

मुलुकको आवश्यकता र चाहनाले नयाँ राजनीतिक समीकरण : उपमहासचिव ज्ञवाली

बाजुरा -नेकपा (एमाले) का उपमहासचिव तथा केन्द्रीय स्कुल विभाग...

जापान कराते डो कोशीकाई सितोरियो संघ नेपाल द्धारा खेलाडिहरुलाई सम्मान

जापान कराते डो कोशीकाई सितोरियो संघ नेपालले विभिन्न स्थानमा...

सुदूरपश्चिम विश्वविद्यालयको मुख्य सन्दर्भ सामाग्री बन्यो पूर्व मुख्यमन्त्री रावलको पुस्तक

कञ्चनपुर- सुदुरपशि्चम विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायले पूर्व मुख्यमन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?