एन्फाद्वारा सी डिभिजन फुटबल छनोट तालिका सार्वजनिक

काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ। एन्फाले शुक्रबार सातदोबाटोमा कार्यक्रम आयोजना गरी खेल तालिका सार्वजनिक गरेको हो।

 

यही भदौ १० गतेदेखि काठमाडौं उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्ने छन्। त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ।

सी डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जनाएको छ। उक्त लिग आगामी कात्तिक ८ गतेसम्म चल्ने छ। एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ। प्रत्येक समूहमा तीन वटा क्लबलाई समावेश गरिएको छ। प्रत्येक क्लबले समूह चरणमा दुई खेल खेल्ने छन्।

समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ। दोस्रो चरण र नक आउट चरणलाई तीन समूहमा विभाजन गरिएको छ। हरेक समूहको विजेता क्लब सी डिभिजन लिगमा छनोट हुनेछन्। एन्फा लिग संयोजक विज्ञानराज शर्माले छनोटमा क्लबको सहभागिता उल्लेख्य रहेको बताए।

उनले अर्को वर्षदेखि पायक पर्ने प्रदेशमा नै छनोट खेल खेलाउने जानकारी दिए। छनोट प्रतियोगितामा बागमती प्रदेशका ६१, प्रदेश १ का सात र अन्य पाँच प्रदेशका दुई-दुई क्लब रहेका छन्।

ताजा खबर

क्टरको लाइसेन्स परीक्षामा ५३ प्रतिशत फेल

१५ माघ, काठमाडौं । चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स)...

चितवन–२ मा उपनिर्वाचन

काठमाडौँ, माघ १४ गते । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा...

सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण सुरु गर्ने प्रधानमन्त्रीको तयारी

कञ्चनपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको...

रास्वपाको कार्यवाहक सभापति र संसदीय दलको नेतामा डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद (डिपी) अर्याललाई कार्यवाहक...

सुदूरपश्चिम प्रदेशमा एमाले नेता राजेन्द्र रावल मुख्यमन्त्री बन्दै

सुदूरपश्चिम प्रदेशमा एमालेका नेता राजेन्द्र रावल मुख्यमन्त्री हुने भएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?