त्रिविको सम्बन्धन प्राप्त क्याम्पस संख्या घट्दै

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ । त्रिविको सम्बन्धन प्राप्त २५ सामुदायिक क्याम्पसमध्ये १५ वटा सुदूरपश्चिम र १० वटा मध्यपश्चिम विश्वविद्यालयमा गाभिएपछि त्रिविसँग सम्बन्धन लिने क्याम्पसको संख्या घटेको हो । करिब ८० प्रतिशत विद्यार्थी ओगटेको त्रिविले सम्बन्धन धान्न नसक्ने भएपछि सामुदायिक क्याम्पसहरू धमाधम विभिन्न विश्वविद्यालयमा गाभिन थालेका छन् ।

त्रिविका योजना निर्देशनालय प्रमुख निर्देशक डा. ऋदिश पोखरेलले लामो समयको प्रयासपछि २५ सामुदायिक क्याम्पसहरु दुई विश्वविद्यालयमा गाभिएको बताए । उनले अन्य विश्वविद्यालयमा गाभिएका यी २५ वटा क्याम्पसको सम्बन्धन त्रिविले खारेज गरेको बताए । उनले भने– ‘केही समयसम्म विद्यार्थीले त्रिविको सम्बन्धन नछाड्ने अडान लिएका थिए । उनीहरूको शैक्षिकसत्र त्रिविबाटै पूरा भएपछि दुई विश्वविद्यालयले ती क्याम्पसकोे जिम्मा लिएको हो ।’

उहाँका अनुसार सबैभन्दा कान्छो कैलाली बहुमुखी क्याम्पसले सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा परिचय बनाएको छ । दुई विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पस अब आंगिक हुनेछन् । सामुदायिक क्याम्पसको नाममा त्रिविबाट सम्बन्धन लिएर सञ्चालनमा आएका क्याम्पस अर्को विश्वविद्यालयमा गाभिएपछि ती क्याम्पस आंगिक भएका हुन् । अब शिक्षक, कर्मचारीलगायत सबै संरचना गाभिएका विश्वविद्यालयकै हुनेछ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?