मकैमा फौजी किराको प्रकोप देखियो

मुख्य खाद्य बालीका रुपमा रहेको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित भएका छन्। फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका बोटहरु सखाप भएका छन्।

जिल्लाको दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिकालगायतका किसानले लगाएको मकैमा उक्त प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ।

मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गर्न थालेपछि किसानहरु हैरान भएका छन्। गत वर्ष पनि मकैबालीमा फौजी किराको प्रकोप देखिएको थियो । फौजी किराले मकै सखाप पारेपछि दोस्रोपटक छरेको सुर्नया गाउँपालिका—५ का किसान अजवबहादुर चन्दले बताए।

उनले भने,“एकपटक उम्रेको मकै किराले सखाप पार्यो, अहिले दोस्रोपटक छरेका छौँ, यहाँका सबैजसो किसानले त्यस्तै गरेका छन्।”

दशरथचन्द नगरपालिका—१ गुरुखोलाका किसानले खेतमा लगाएको मकैमा पनि यस्तै प्रकोप देखिएको छ। स्थानीय किसान अम्बादत्त बडुका अनुसार किराले भर्खरै हुर्कन लागेको मकैका बोटहरु नष्ट गरेको छ।

खेतमा लगाएको मकैमा फौजी किराको प्रकोपले मकैबाली नष्ट हुन थालेपछि यहाँका किसान समस्यामा परेका छन्।

मकैबालीमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका पञ्चेश्वर गाउँपालिका—२ का देवबहादुर चन्दले बताए।

मकैबालीमा फौजी किराको प्रकोप देखा परेकोले यो वर्ष मकै उत्पादनमा हस आउने देखिएको छ।जिल्लाका विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी किराको प्रकोप देखिएको भन्ने गुनासो आएको ज्ञान केन्द्रका प्रमुख दिलबहादुर सिंहले जानकारी दिए।

उनले भने,“फौजी किरा रातिको समयमा बढी सक्रिय हुने गरेको छ, फौजी किराको प्रकोप देखिएको ठाउँमा विषादीको प्रयोग गर्नुपर्छ।” बैतडीमा १३ हजार हेक्टर क्षेत्रफल जमीनमा मकै खेती गरिँदै आएको छ।

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?