दोधरा चाँदनी सिमाविवाद: दुवैपक्ष बिचको छलफल पछि नेपाली पक्षले चलनभोग गर्न पाउने

कञ्चनपुर ,२६ जेठ। कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–८ स्थित सुन्दर नगरमा बुधबार भारतीय पक्षले नेपाली नागरिकलाई नेपाली भुमिमा खेती गर्न गरेको अवरोव पछिको उत्पन्न सिमाविवाद दुवैपक्ष बिचको समझदारी पछि हल भएको छ ।

विहिबार नेपाली पक्षबाट प्रमुख जिल्ला अधिकारी राम कुमार महतो सहितको टोली र भारतीय सिमा सुरक्षा बल एसएसबीको एसपी नेतृत्वको भारतीय पक्षको टोली बिच हिजो विवादित क्षेत्रमा गएर छलफल गरेपछि उत्पन्न सिमाविवाद दुवै पक्ष बिचको समझदारी पछि हल भएको हो ।

उक्त विषयलाई लिएर जिल्ला देखि केन्द्र स्थर सम्म नेपालमा सिमाविवाद उत्पन्न हुन थालेपछि प्रमुख जिल्ला अधिकारी राम कुमार महतो सहितको नेपाली पक्षले भारतीय पक्षबिच विवाद भएको ठाउँमा गएर दुवैपक्षको छलफल पछि भारतीय पक्षले विवादित बनाएको भुमीमा सिमाक्षेत्रको नापजाँच नहुने समय सम्म भोगचलन गर्न दिने गरि सहमती भएको छ ।

“जिल्लाका अन्य स्थानमा पनि भारतीय पक्षले विवादमा ल्याएका सिमाक्षेत्रका धेरै समस्या रहेका छन्, यी यस्ता विवादित क्षेत्रहरुलाई हल गर्नको लागि हामी प्याकेजको रुपमा समस्या हल गर्ने भन्ने भएको छ ।” प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने, “सिमा समस्या भनेको दुवै देशको समस्या हुन्छ, यसविषयमा दुवै देशका सिमा नक्सान पछि मात्रै हल हुने हुन्छ तसर्थ अहिलेको विवादित सिमा समस्यालाई भने हालको अवस्थामा भोगचलन गर्न पाउने र सिमा क्षेत्र नापजाँचको समयमा विवादित क्षेत्रको समस्या हल गर्ने भारतीय पक्ष सँग समझदारी भएको छ ।”

यसले गर्दा समान्य रुपमा विवादित भएको क्षेत्रले पनि राहात पाउने गर्दछ । यसरी समस्या सुल्झउँदा सिमा समस्या सामाधान गर्न सिमाक्षेत्रको नापजाँच छिटो गरिनु पर्ने प्रमुख जिल्ला अधिकारी महतोको भनाई छ ।

यो सँगै उक्त क्षेत्रमा थप नयाँ काम गर्न नपाउने गर्ने पनि सहमती भएको छ । वर्षौदेखि गरिआएको कामलाई गर्ने र हाल भने भारतीय पक्ष तथा नेपाली पक्षले कुनै किसिमको गतिविधि गर्न नपाउने समझदारी समेत भएको छ । छलफलमा नेपाली पक्षबाट प्रमुख जिल्ला अधिकारी सहित टिमको उपस्थिती रहेको थियो भने भारतीय पक्षबाट एसएसबीको एसपी सहितको टिम छलफलमा रहेको थियो ।

के भएको थियो विवाद
बुधबार नेपाली जमिनमा वर्षौ देखि खेती गर्दै आएका नेपालीलाई भारतीय पक्षले आफ्नो भुमी भएको दावी गर्दै खेती गर्दा अवरोध गरेपछि विवाद भएको थियो । सुन्दरनगरमा वर्षौदेखि खेती गर्दै आएका नेपाली नारायण प्रसाद अधिकारीलाई भारतीय एसएसबीले खेती गरेको बेसारलाई उखेल्ने क्रममा अवरोध गरेको उनले बताए । उनका अनुसार भारतीय सिमा सुरक्षाबल एसएसबीले एकाएक बुधबार दिउँसो खेतमै आएर भारतीय जमिनमा खेती गर्न नमिल्ने भन्दै अधिकारीलाई बन्दुक देखाएर धम्काइ थर्काइ खेती गर्न अवरोध गरेको हो ।

“बुधबार खेतमा काम गरिरहेको थिए, वर्षौ देखि उक्त खेतमा भोगचलन गर्दै आएको छु, एकाएक भारतीय सिमासुरक्षा बल आएर भारतीय जमिनमा खेती गर्न नपाइने भन्दै डराएर धम्काएर खेती गर्न लागेको काममा रोक लगाएको हो ।” अधिकारीले भने, “भारतीय पक्षले अवरोध गरेको क्षेत्रमा वर्षौदेखि सुन्दरनगरका धेरै स्थानियले भोगचलन गर्दै आएका छन्, उक्त क्षेत्रको लालपुर्जा पनि बन्ने क्रममा रहेको अवस्था छ, तरपनि भारतीय पक्षले तिनतिन महिनामा उक्त क्षेत्रमा किचलो गर्दै आएको छ ।” उनले सेतो पुर्जाको राजस्व नेपाल सरकारलाई बुझाएको बिल समेत राखेका छन्।

२०५४ सालको नापीको फिल्ड बुकमा कायम भएर २०६६ सालमा सेतो पुर्जा पाइसकेका छन् । यस्तै उक्त जमिनमा २०२२ सालदेखि आफूले खेती गर्दै आइरहेको र यो खेतीबाली लगाउने समयमा भारतीय पक्षले आएर हरेक बर्ष दुःख दिने गरेको अधिकारीले बताए । उनले लगाएको खेतको केही पश्चिम तर्फ भारत तर्फ १७ नम्बर सिमा स्तम्भ रहेको छ । तर भारतीय पक्षको वर्षौदेखिको हेपाहा प्रवृतिले नेपाली भुमी भएपनि भारतीय हो भनेर दावी गर्दै डराउँदै धम्काउँदै सिमा मिच्दै आएको उनको भनाई छ ।

खेतमा विवाद चर्किएपछि भारतीय पक्षले नारायण प्रसाद अधिकारीलाई भारतीय एसएसबीले अबको दिनमा खेतमा आयोभने उठाएर लैजाने धम्की पनि दिएका थिए । नेपाली पक्षको बसोबास भारतीय सिमाक्षेत्रको बसोबास सँग जोडिएको छ । बसोबास जोडिएको भएरपनि नेपाली नागरिक र भारतीय नागरिक बिच सुमधुर सम्बन्ध पनि रहेको छ ।

“नेपाल भारत सिमाक्षेत्र वरपर नेपाली र भारतीय गाउँबस्तीहरु रहेका छन्, सम्बन्ध पनि नेपाली र भारतीय नागरिकको एकदमै बलियो राम्रो सम्बन्ध छ ।” उनले भने, नेपाली नागरिकलाई भारतीय एसएसबीले थिचोमिचो गरेको भनेर नेपाली नागरिकले आवाज उठायो भने पनि भारत गएको बेला भारतीय एसएसबीले थुन्ने तथा दुख दिने गरेको अवस्था छ, बाध्यताले भारत जानुपर्ने अवस्था छ, त्यसकारण थिचोमिचो भएको छ भनेर बोल्न पनि भारतीय पक्षले बन्द जस्तै गरेको अवस्था छ ।”

यो सँगै भारतीय पक्षले जिल्लाका अन्य स्थानमा पनि नेपाली जमिनलाई थिचोमिचो गर्दै आएको छ । यी यस्ता विवाद भारतीय पक्षले हप्तै पिच्छे गर्दै गएको उनको भनाई छ । यसरी भारतीय पक्षले सधैँ जसो गर्ने थिचोमिचोका कारण सिमा विवादकै कारण २०७३ साल फागुन २७ गते कञ्चनपुरको पुनर्वास नगरपालिका ९ का गोविन्द गौतमले ज्यान गुमाउनु परेको थियो ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?