सुदूरपश्चिमका ९ जिल्लालाई कति बजेट

धनगढी: संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ मा सुदुरपश्चिम प्रदेश सरकारलाई पठाउने विभिन्न प्रकारको अनुदान गरी १४ अर्ब ५८ करोड वित्तीय हस्तान्तरण गर्ने भएको छ।
सरकारले सवै प्रदेशलाई गर्न लागेको अन्तरसरकारी वित्तीय हस्तान्तरणको कुल १ खर्ब ३ अर्ब ७० करोड २५ लाख रुपैयाँमध्ये सुदूरपश्चिम प्रदेश सरकारलाई १४ अर्ब ५८ करोड वित्तीय हस्तान्तरण गर्ने भएको हो।
सुदूरपश्चिम प्रदेशमा सवैभन्दा बढी कैलाली जिल्लालाई वित्तीय हस्तान्तरण हुने भएको छ। भने सवैभन्दा कम डडेल्धुरालाई वित्तीय हस्तान्तरण हुने भएको हो।
कञ्चनपुर
कञ्चनपुर जिल्ल्लालाई ३ अर्ब ५७ करोड वित्तीय हस्तान्तरण हुने भएको छ। ९ स्थानीय तह रहेको कञ्चनपुरलाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी ३ अर्ब ५७ करोड अनुदान रकम हस्तान्तरण हुने भएको हो।
कैलाली
कैलाली जिल्ल्लालाई ६ अर्ब ५ करोड वित्तीय हस्तान्तरण हुने भएको छ । १३ स्थानीय तह रहेको कैलालीलाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी ६ अर्ब ५ करोड अनुदान रकम हस्तान्तरण हुने भएको हो।
 दार्चुला
दार्चुला जिल्ल्लालाई २ अर्ब ९९ करोड वित्तीय हस्तान्तरण हुने भएको छ। ९ स्थानीय तह रहेको दार्चुलालाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी २ अर्ब ९९ करोड हस्तान्तरण हुने भएको हो।
 डोटी
डोटी जिल्ल्लालाई २ अर्ब ८५ करोड रुपैयाँ वित्तीय हस्तान्तरण हुने भएको छ। ९ स्थानीय तह रहेको डोटीलाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी २ अर्ब ८५ करोड हस्तान्तरण हुने भएको हो।
डडेल्धुरा
डडेल्धुरा जिल्ल्लालाई २ अर्ब ४० करोड वित्तीय हस्तान्तरण हुने भएको छ । ७ स्थानीय तह रहेको डडेल्धुरालाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी २ अर्ब ४० करोड हस्तान्तरण हुने भएको हो।
बाजुरा
बाजुरा जिल्ल्लालाई २ अर्ब ६७ करोड वित्तीय हस्तान्तरण हुने भएको छ। ९ स्थानीय तह रहेको बाजुरालाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी २ अर्ब ६७ करोड वित्तीय हस्तान्तरण हुने भएको हो।
 बैतडी
बैतडी जिल्ल्लालाई ३ अर्ब ६५ करोड वित्तीय हस्तान्तरण हुने भएको छ। १० स्थानीय तह रहेको बैतडीलाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी ३ अर्ब ६५ करोड हस्तान्तरण हुने भएको हो।
अछाम
अछाम जिल्ल्लालाई ३ अर्ब ४२ करोड वित्तीय हस्तान्तरण हुने भएको छ। १० स्थानीय तह रहेको बछामलाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी ३ अर्ब ४२ करोड हस्तान्तरण हुने भएको हो।
 बझाङ
बझाङ जिल्ल्लालाई ३ अर्ब ६८ करोड वित्तीय हस्तान्तरण हुने भएको छ। १२ स्थानीय तह रहेको बझाङलाई समानीकरण, सशर्त, समपूरक र विशेष गरी ३ अर्ब ६८ करोड हस्तान्तरण हुने भएको हो।

 

ताजा खबर

जेन्जि आन्दोलनमा सहिद भएका जाेशीकाे परिवारलाई युवाहरुबाट संकलित रकम हस्तान्तरण 

महेन्द्रनगर,२८ कार्तिक। गत २३ र २४ गते भदाै काठमाडौमा भएको...

एलबिएद्धारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

धर्मराज कठायत, कार्तिक २७ कञ्चनपुरको एक संस्थागत (निजी) विद्यालयले नेपाल...

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?