जनश्रमदानबाट क्रिकेट अभ्यास पिच निर्माण, युवालाई खेलकुदमार्फत सकारात्मक बाटोमा जोड्ने अभियान

कञ्चनपुर, ६ भदौ 

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जनश्रमदानमा क्रिकेट अभ्यास पिच निर्माणको काम अघि बढाइएको छ। सीमावर्ती क्षेत्रमा लागुऔषधको प्रयोग बढ्दै गएको भन्दै स्थानीय समाजसेवी तथा वडावासीको पहलमा युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले क्रिकेट अभ्यास पिच निर्माण थालिएको हो।

शनिबार वडा नम्बर ९ का वडाध्यक्ष गगनसिंह कार्की, स्थानीय सिद्धनाथ मन्दिर समितिका अध्यक्ष केशवसिंह नायक, समाजसेवी दिपेन्द्रसिंह ऐरी, समाजसेवी वीरेन्द्रसिंह पाल लगायत स्थानीयवासीको श्रमदानमा ब्रह्मदेवस्थित खेलकुद मैदानमा क्रिकेट अभ्यास पिच निर्माण कार्य शुभारम्भ गरिएको हो।

वडाध्यक्ष गगनसिंह कार्कीका अनुसार पछिल्लो समय युवाहरू लागुऔषधको कुलतमा फस्ने जोखिम बढिरहेको अवस्थामा उनीहरूलाई खेलकुदसँग जोडेर जिम्मेवार र सिर्जनशील नागरिक बनाउने उद्देश्यले अभियान अघि बढाइएको हो। खेलकुदले युवाको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन र सकारात्मक सोचको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

त्यस्तै, समाजसेवी दिपेन्द्रसिंह ऐरीले दिवंगत वडा नम्बर ९ का स्थानीय दिनेश नायकको सम्झनामा ‘दिनेश स्मृति खेलकुद मैदान’मा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा वडावासीको सहभागितामा श्रमदानमार्फत क्रिकेट अभ्यास पिच निर्माण भइरहेको बताए। उनले व्यक्तिगत तथा सामाजिक क्षेत्रबाट महत्वपूर्ण योगदान दिँदै आएका व्यक्तिहरूको सहकार्यमा निर्माण कार्यलाई अघि बढाइएको जानकारी दिए।

ऐरीका अनुसार अभियानको मुख्य उद्देश्य युवाहरूलाई लागुऔषधको कुलतबाट जोगाउँदै खेलकुदका माध्यमबाट सकारात्मक गतिविधिमा सहभागी गराउनु हो। उनले स्वेच्छिक रूपमा सहयोग जुटाएर निर्माण कार्य अघि बढाइएको र आगामी दिनमा पनि स्थानीयस्तरबाट आवश्यक सहयोग तथा सहभागिता जुटाउँदै लैजाने बताए।

निर्माणाधीन दिनेश स्मृति खेलकुद मैदान तथा क्रिकेट मैदानलाई व्यवस्थित र पूर्णरूपमा विकास गर्न सरकारका तीनै तहबाट सहयोग आवश्यक रहेको दिवंगत दिनेश नायकका बुवा कर्णसिंह नायकले बताए। वडा, नगरपालिका हुँदै केन्द्र सरकारसम्मले आवश्यक सहयोग र आर्थिक लगानी गर्न सके खेलकुद पूर्वाधार निर्माणले गति लिनुका साथै यस क्षेत्रका खेलाडी र स्थानीयवासीसमेत लाभान्वित हुने उनको भनाइ छ।

क्रिकेट अभ्यास पिच निर्माणका लागि स्थानीय निर्माण व्यवसायी वीरेन्द्रसिंह पालले निर्माण सामग्री सहयोग गरेका छन्। यस्तै, श्रमदानमा सहभागी स्थानीयवासीका लागि खानाको व्यवस्थापन सिद्धनाथ सामुदायिक वनका अध्यक्ष तथा सिद्धनाथ मन्दिर समितिका अध्यक्ष केशवसिंह नायकले गरेका छन्।

सीमावर्ती क्षेत्र ब्रह्मदेवमा युवालाई खेलकुदमा सक्रिय बनाउने उद्देश्यले सुरु गरिएको यस अभियानले खेलकुद पूर्वाधार विकाससँगै सामाजिक विकृति तथा लागुऔषधविरुद्धको अभियानलाई समेत बल पुग्ने अपेक्षा गरिएको छ। स्थानीयको सक्रियता र सरकारको आवश्यक सहयोग भए निर्माणाधीन खेलमैदानलाई आगामी दिनमा स्तरीय खेलकुद केन्द्रका रूपमा विकास गर्न सकिने स्थानीयवासीको विश्वास छ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?