सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र
सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक प्रणाली र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ।

विश्वविद्यालयमा उपकुलपति प्रा। डा। किसन दत्त भट्टको नियुक्तिसँगै बजारको आवश्यकता र श्रम बजारअनुसार पाठ्यक्रम परिमार्जनदेखि समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनसम्मका विषयलाई प्राथमिकतामा राखेर काम थालिएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै विद्यार्थी र शिक्षकको आत्मविश्वास बढाउने दिशामा समेत काम गरिरहेको जनाएको छ।

उपकुलपति प्रा। डा। किसन दत्त भट्टका अनुसार विश्वविद्यालयले मुख्य रूपमा पाठ्यक्रम सुधार, प्रशासनिक तथा शासन प्रणालीको सुधार र विश्वविद्यालयको जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।

त्यसैगरी, विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूको भौतिक तथा शैक्षिक अवस्थाको अध्ययन गरी सुधारको योजना बनाउने तयारी गरिएको छ। क्याम्पसहरूको वर्तमान अवस्था पहिचान गर्न शैक्षिक तथा पूर्वाधार अडिट गर्ने योजना विश्वविद्यालयको छ।

विश्वविद्यालयअन्तर्गतका विभिन्न आंगिक क्याम्पसको जग्गा अतिक्रमण भएको तथा कतिपय क्याम्पसको आफ्नै नाममा जग्गा नभएको अवस्था देखिएपछि जग्गासम्बन्धी समस्या समाधानका लागि समेत पहल भइरहेको छ। सार्वजनिक वा स्थानीय तहको जग्गा प्रयोग गरिरहेका क्याम्पसको जग्गालाई आवश्यक प्रक्रिया पूरा गरी विश्वविद्यालयको नाममा ल्याउने विषयमा सरकार तथा सम्बन्धित निकायसँग पहल गर्ने तयारी गरिएको उपकुलपति भट्टले बताएका छन्।

यसैगरी, विश्वविद्यालयबाट अध्ययन बिदा लिएर अध्ययन गर्न गएका शिक्षक तथा कर्मचारीहरूको वास्तविक अवस्थाबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन तयार गरी विश्वविद्यालयलाई बुझाइसकेको छ। अध्ययन पूरा गरेका, अध्ययनपछि फर्किएका तथा अध्ययन पूरा गर्न नसकेका शिक्षक–कर्मचारीको अवस्थाबारे समितिले अध्ययन गरेको हो।

उक्त प्रतिवेदनको विस्तृत अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी विश्वविद्यालयले गरेको छ।

विश्वविद्यालयले शैक्षिक गुणस्तर, प्रशासनिक सुधार, पूर्वाधार विकास र विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै विश्वविद्यालयलाई थप व्यवस्थित, गुणस्तरीय र समयअनुकूल बनाउने प्रयास अघि बढाएको जनाएको छ।

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?