बझाङको केदारस्युँमा खानेपानीको हाहाकार, एक जर्किन पानी भर्न एक दिन

तरुणा जोशी, बझाङः बझाङको केदारस्यँ गाउँपालिकामा खानेपानीको हाहाकार भएको छ।
गाउँपालिकाको वडा नम्बर ७ काँडाचौरमा खानेपानीको हाहाकार भएको हो। सो गाउँका एक जना परिवारका सदस्यको काम पानी बोक्ने मात्र राखिएको हुन्छ।

एक जर्किन पानीका लागि एक दिन खर्चीनुपर्ने हुन्छ। १ सय ५० घरधुरी रहेको काँडाचौरमा खानेपानीको समस्या रहेको स्थानीय न्युमा धामीले गुनासो सुनाइन्। उनका अनुसार खानेपानी कै कारण झगडा समेत हुँदै आएको छ।गाउँका दाजुभाइहरुको समेत पानीका कारण बोलचाल समेत बन्द भएको उनले बताइन्।

मानिसका लागि दैनिक आवस्यक पर्ने पानीसंगै गाई–गोरुका लागि पनि पानी छैन्। परिवारको संख्या वृद्धि भएको र पानीको मुहान सुक्दै गएकाले पानीको समस्या विकराल भएको स्थानीय बताउछन्। केही वर्ष अगाडी गाउँमा धारा बनाउने भनेर सामान बोकेर गाउँसम्म ल्याएपनि धारा नबनेको स्थानीय दिपेन्द्र भण्डारीले बताए। स्थानीय सरकार आएको ४ वर्ष बितिसक्दा पनि खानेपानीको समेत उचित व्यवस्थापन नभएको भन्दै उनीहरुले आक्रोस व्यक्त गरेका छन्। काँडाचौर मात्र नभएर भामचौर वासीको समस्या पनि उस्तै छ। पानी नभएका कारण कतिपय मानिसहरूले अन्तै बसाइसराई समेत गरेका स्थानीय धनबहादुर धामीले बताए।यता केदारस्यु गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारीले प्रदेश र गाउँपालिका दुवै ठाउँबाट रकम छुटाइएको र यो वर्षबाट खानेपानीको सर्वे गरी काम सुरु गर्ने बताए। धेरै गाउँहरूमा खानेपानीको समस्या रहेकाले अन्य नियकायहरुसंग पनि त्यस विषयमा समन्वय भइरहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?