कञ्चनपुरमा बजार अनुगमन तिव्र ः पाँच ठाउँमा प्रशासनद्धारा शिलबन्दी

कञ्चनपुर ,११ जेठ । कञ्चनपुरमा बजार अनुगमन तिव्र पारिएको छ । बजारमा निषेधाज्ञाको समयमा हुने कालो बजारीलाई नियन्त्रण गर्नको लागि जिल्ला प्रशासन कार्यालयले बजार क्षेत्रमा अनुगमनको कार्यलाई तिव्रता दिएको हो ।

“जिल्लामा वैशाख १६ गतेबाट कोरोना महामारीको संक्रमणलाई रोक्न निषेधाज्ञा जारी गरिएको छ, निषेधाज्ञा पछिको समयमा बजार क्षेत्रमा निषेधआज्ञाको मौका छोपेर कालोबजारी हुने सम्भावना एकदमै रहने गर्दछ ।” प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले भने, “उपभोक्ताको हककित संरक्षण गर्नको लागि हामीले हप्ताको दुई दिन तिन घण्टा सामान्य रुपमा बजार क्षेत्र खुकुलो गर्ने गरेका छौ, उक्त समय अवधिमा कालोबजारी नियन्त्रण गर्नको लागि पनि बजार अनुगमन गर्ने गरिएको छ ।”

निषेधआज्ञाको समय अगाडि पनि बजार क्षेत्रमा नियमित रुपमा बजार अनुगमन हुँदै आएको थियो । त्यसै अनुसार निषेधाज्ञाको समयमा पनि नियमित रुपमा बजार अनुगमन गर्ने कार्य भैरहेको प्रमुख जिल्ला अधिकारी महतोले बताए ।

निषेधाज्ञा पछि बजार क्षेत्र साताको आईतवार र बुधवार बिहान ६ बजेदेखि ९ बजेसम्म समान्य रुपमा खुल्ने गरेको छ । प्रशासन कार्यालयले भने उक्त समयलाई मध्यनजर गरेर बजारमा कोलोबजारी हुने, मुल्यवृद्धि हुने, कमसल सामग्री बेचबिखन हुने, उपभोक्ता ठगिने जस्ता विभिन्न कुरालाई पूर्वाअनुमान गरेर बजार अनुगमनको पाटोलाई सुदृढ तथा बलियो बनाएको जनाएको छ ।

“प्रशासन कार्यालयले बढोत्तरी दिएको अनुगमन पश्चात बजार क्षेत्रका केही व्यवसायीहरु भने कारवाहीमा परिएको अवस्था देखिन्छ ।, यसबाट उपभोक्ता मर्कामा परेको हो भन्ने कुरा पनि प्रस्ट हुन्छ, बजार अनुगमनले उपभोक्तालाई सहयोग पनि गरेको छ, हामीले पनि अनुगमनलाई निरन्तरता दिएका छौ ।” प्रमुख जिल्ला अधिकारी महतोले भने, ।

यसैगरी जिल्ला प्रहरी कार्यालयका डिएसपी अमर थापाका अनुसार बजार अनुगमनबाट बजार क्षेत्रमा गैरकानूनी रुपमा राखिएका ६ सय कट्टा बढी मलखाद बरामत गरिएको छ ।

“बजार क्षेत्रमा अनुगमन गर्दै जाँदा तिरुपती टेड्रस कन्सर्न, बेदकोट नमूना कृषि फार्म, भण्डारी एग्रोभेट फर्म, ए.डि. टेड्रस सप्लायर्स, जल उपभोक्ता कृषि सहकारी संस्था लिमिटेड गरेर बजार क्षेत्र तथा बेदकोट नगरपालिका क्षेत्रका ५ ठाँउबाट ६ सय बढी कट्टा मलखाद गैरकानूनी तरिकाले राखेको अवस्थामा बरामत गरिएको छ ।” डिएसपी अमर थापाले भने, “देखावटी रुपमा मदखादको कट्टाको बाहिर एक प्रकारको मदखाद भनिएको छ तर भित्र अर्कै प्रकारको भेटिएको छ, यस्तो अवस्थामा भन्सार छली ल्याएको सामानलाई भन्सार पठाउने तथा अन्य क्रियाकलापबाट गैरकानूनी ढंगले मदखाद जम्मा गरेको अनुसन्धानबाट खुलेपछि कसुर अनुसारको कारवाही गरिने अवस्था रहेको छ ।”

बरामत गरिएको ५ वटै ठाउँमा भने शिल गरिएको छ । कहाँबाट मलखाद ल्यायो भन्ने लगायत कुराहरुको थप अनुसन्धान गर्ने कार्य भैरहेको छ, अनुसन्धान पश्चात कसुर अनुसारको गैरकानूनी तरिकाले मलखाद जम्मा गर्ने व्यक्तिलाई कारवाहीको गरिने उनले बताए ।

ताजा खबर

शिवम् अटो ह्वील्स अत्तरिया–महिन्द्रा ग्राहकको विशेष उत्सव

हेमा भट्ट, माघ ११, कैलाली  महिन्द्रा गाडी प्रयोगकर्ताहरूका लागि प्रतिक्षित...

मोबाइल चिन्हसहित स्वतन्त्र आम–जनतापाटिबाट लक्ष्मी कुमारी बिष्ट भट्टको उम्मेदवारी

हेमा भट्ट, माघ १०, कञ्चनपुर कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र...

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व हस्तान्तरण, विकास र सहकार्यको नयाँ अध्याय

हेमा भट्ट, माघ ९, कञ्चनपुर कञ्चनपुर । कञ्चनपुर जिल्लाको उद्योग,...

मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी कञ्चनपुर ६ माघ । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ...

रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?