कञ्चनपुरमा बजार अनुगमन तिव्र ः पाँच ठाउँमा प्रशासनद्धारा शिलबन्दी

कञ्चनपुर ,११ जेठ । कञ्चनपुरमा बजार अनुगमन तिव्र पारिएको छ । बजारमा निषेधाज्ञाको समयमा हुने कालो बजारीलाई नियन्त्रण गर्नको लागि जिल्ला प्रशासन कार्यालयले बजार क्षेत्रमा अनुगमनको कार्यलाई तिव्रता दिएको हो ।

“जिल्लामा वैशाख १६ गतेबाट कोरोना महामारीको संक्रमणलाई रोक्न निषेधाज्ञा जारी गरिएको छ, निषेधाज्ञा पछिको समयमा बजार क्षेत्रमा निषेधआज्ञाको मौका छोपेर कालोबजारी हुने सम्भावना एकदमै रहने गर्दछ ।” प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले भने, “उपभोक्ताको हककित संरक्षण गर्नको लागि हामीले हप्ताको दुई दिन तिन घण्टा सामान्य रुपमा बजार क्षेत्र खुकुलो गर्ने गरेका छौ, उक्त समय अवधिमा कालोबजारी नियन्त्रण गर्नको लागि पनि बजार अनुगमन गर्ने गरिएको छ ।”

निषेधआज्ञाको समय अगाडि पनि बजार क्षेत्रमा नियमित रुपमा बजार अनुगमन हुँदै आएको थियो । त्यसै अनुसार निषेधाज्ञाको समयमा पनि नियमित रुपमा बजार अनुगमन गर्ने कार्य भैरहेको प्रमुख जिल्ला अधिकारी महतोले बताए ।

निषेधाज्ञा पछि बजार क्षेत्र साताको आईतवार र बुधवार बिहान ६ बजेदेखि ९ बजेसम्म समान्य रुपमा खुल्ने गरेको छ । प्रशासन कार्यालयले भने उक्त समयलाई मध्यनजर गरेर बजारमा कोलोबजारी हुने, मुल्यवृद्धि हुने, कमसल सामग्री बेचबिखन हुने, उपभोक्ता ठगिने जस्ता विभिन्न कुरालाई पूर्वाअनुमान गरेर बजार अनुगमनको पाटोलाई सुदृढ तथा बलियो बनाएको जनाएको छ ।

“प्रशासन कार्यालयले बढोत्तरी दिएको अनुगमन पश्चात बजार क्षेत्रका केही व्यवसायीहरु भने कारवाहीमा परिएको अवस्था देखिन्छ ।, यसबाट उपभोक्ता मर्कामा परेको हो भन्ने कुरा पनि प्रस्ट हुन्छ, बजार अनुगमनले उपभोक्तालाई सहयोग पनि गरेको छ, हामीले पनि अनुगमनलाई निरन्तरता दिएका छौ ।” प्रमुख जिल्ला अधिकारी महतोले भने, ।

यसैगरी जिल्ला प्रहरी कार्यालयका डिएसपी अमर थापाका अनुसार बजार अनुगमनबाट बजार क्षेत्रमा गैरकानूनी रुपमा राखिएका ६ सय कट्टा बढी मलखाद बरामत गरिएको छ ।

“बजार क्षेत्रमा अनुगमन गर्दै जाँदा तिरुपती टेड्रस कन्सर्न, बेदकोट नमूना कृषि फार्म, भण्डारी एग्रोभेट फर्म, ए.डि. टेड्रस सप्लायर्स, जल उपभोक्ता कृषि सहकारी संस्था लिमिटेड गरेर बजार क्षेत्र तथा बेदकोट नगरपालिका क्षेत्रका ५ ठाँउबाट ६ सय बढी कट्टा मलखाद गैरकानूनी तरिकाले राखेको अवस्थामा बरामत गरिएको छ ।” डिएसपी अमर थापाले भने, “देखावटी रुपमा मदखादको कट्टाको बाहिर एक प्रकारको मदखाद भनिएको छ तर भित्र अर्कै प्रकारको भेटिएको छ, यस्तो अवस्थामा भन्सार छली ल्याएको सामानलाई भन्सार पठाउने तथा अन्य क्रियाकलापबाट गैरकानूनी ढंगले मदखाद जम्मा गरेको अनुसन्धानबाट खुलेपछि कसुर अनुसारको कारवाही गरिने अवस्था रहेको छ ।”

बरामत गरिएको ५ वटै ठाउँमा भने शिल गरिएको छ । कहाँबाट मलखाद ल्यायो भन्ने लगायत कुराहरुको थप अनुसन्धान गर्ने कार्य भैरहेको छ, अनुसन्धान पश्चात कसुर अनुसारको गैरकानूनी तरिकाले मलखाद जम्मा गर्ने व्यक्तिलाई कारवाहीको गरिने उनले बताए ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?