दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख 

कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर सञ्चालन गरेको छ ।

शुक्रबार दोधाराचाँदनी नगरपालिकाको आयोजना र एनएनएसडब्लुएको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरेको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर उपप्रमुखले अपाङ्गता भएका व्यक्तिहरुले पनि सपाङ्ग जति नै कार्य गर्न सक्ने उदाहरण दिदै नगरपालिकाबाट पाउँने सेवाबाट कोहि पनि नछुट्न अनुरोध गरेका छन । यस्तै नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरिश चन्द्र जोशीले बिगत धेरै बर्ष अघिदेखि समाजिक सेवामा अग्रसर रहदै आएको एनएनएसडब्लु संस्थालाई उक्त कार्यक्रमको लागि धन्यवाद व्यक्त गर्दै यस कार्यबाट अपाङ्गता भएका व्यक्तिहरुले पाउने सुविधाबाट उनीहरुको जिवनशैलिमा धेरै सुधार आउने अपेक्षा रहेको बताए । यसै गरी शिविरमा अपाङ्गता भएका व्यक्तिहरुलाई के कस्तो सामाग्री आवश्यक पर्ने छ भनी चेकजाँच गरीने र पछि सोही अनुसारको सामग्री निमार्ण गरेर नगरपालिकामा यस्तै कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरीने एनएनएसडब्लुएका प्रतिनिधि टेक बहादुर बुढाले बताए । आयोजित नगरपालिकाको कार्यक्रममा ६३ जनाको चेकजाँच भएको थियो भने सहभागिहरुले नगरको आयोजित कार्यक्रमको प्रशंसा गरेका थिए ।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?