अपिहिमालमा एक यार्सागुम्बा सङ्कलक बेपत्ता

दार्चुला,९जेठ । अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन्। अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे बेपत्ता भएका हुन्। यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत्ता भएका हुन्।

घटनाबारे बुझ्न प्रहरी टोली खटाइएको प्रहरी चौकी खण्डेश्वरीका सहायक निरीक्षक तेजराम महरले जानकारी दिए। घटनाको विस्तृत विवरण आएको छैन। अहिले दार्चुलामा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सागुम्बा सङ्कलनका लागि सङ्कलन अनुमति नदिँदै सङ्कलकहरु यार्सा पाइने लेकमा भरिएका छन्।

कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमण बढेका कारण यस वर्ष तत्काल यार्सागुम्बा सङ्कलन अनुमति नदिन आग्रह गरेको थियो। सोहीअनुसार अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले सङ्कलन अनुमति रोकेको थियो तर अहिले दार्चुलाको व्यास तथा अपिहिमाल गाउँपालिकाका यार्सागुम्बा पाइने पाटनहरुमा सङ्कलकहरु गएका छन्।

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?