एघार जना नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं, जेठ ८ गते । सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीको नीति र हितविरुद्ध विपक्षी गठबन्धनसँग सहकार्य गरेका नेताहरुलाई कारवाही प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले पहिलो चरणमा ११ जना नेताहरुलाई स्पष्टीकरणबाट कारवाही प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।

विपक्षी गठबन्धनमा सहयोग गर्ने नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, भीमबहादुर रावल, मुकुन्द्र न्यौपाने, कल्याणी खडका, लक्ष्मी चौधरी, रामकुमारी झाँक्री, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, सरला यादव, कलिला खानसहित ११ जना नेतालाई कारवाही प्रक्रिया अघि बढाउने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समेत गम्भीरतापूर्वक समिक्षा भएको नेताहरुले बताउनुभएको छ । त्यस्तै, कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?