कञ्चनपुरका युवालाई बन्दाबन्दीले डोर्‍यायो च्याउखेतीतर्फ

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–३ का शिवु राना गत फागुनमा मलेसियाबाट घर बिदामा आए । वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्ष मलेसिया बिताएर बिदामा आएको केही समयपछि कोरोना भाइरस संक्रमणले मुलुकमा बन्दाबन्दी भएपछि रानाको मलेसिया जाने सोच सफल हुन सकेन् ।

गत चैतको दोस्रो सातादेखि यहाँ बन्दाबन्दी गरिएपछि घर खर्च चलाउने चिन्ताले केही समय गाउँमै भौँतारिएका रानाले गत भदौदेखि च्याउखेती थालेका छन् । “रु ४० हजार लगानी गरेर घरमै च्याउखेती गरेका थिए, अहिले रु ८० हजार कमाइसकेको छु”, रानाले भने, “च्याउखेतीको तालीम लिएर अहिले गोब्रे च्याउखेती गरेको छु ।”

आफ्नै भूमिमा आयमूलक काममा लाग्ने प्रण गरेपछि च्याउखेती थालेका राना आफू सन्तुष्ट रहेको बताए। “कोरोना प्रभावित र गाम्रीण बस्तीसम्म सरकारको कृषि अनुदानको रकम पुग्नसके यहाँ स्वदेशी उत्पादन जे पनि गर्न सकिन्छ”, उनले भने, “प्रदेश सरकारले पनि कोरोना प्रभावित युवालाई स्वरोजगार बनाउन आवेदन दिए पनि गाउँमा त्यसबारे जानकारी नै भएन ।”

त्यसैगरी बेलौरी नगरपालिका–३ का वडाध्यक्ष नेत्रराज गिरीले गाउँमा तरकारीखेती, च्याउखेती र विभिन्न आयमूलक काममा युवाको आर्कषण बढिरहेको बताए । “तरकारी फलाएर यहाँ धेरैले घरको जीविका आनन्दले चलाएका छन्”, वडाध्यक्ष गिरीले भने, “यहाँ उत्पादित बस्तुभाउ बजारसम्म पु¥याउन सवारीसाधनको समस्या देखिएको छ ।”

उनले आयमूलक काममा अग्रसर हुनेलाई वडा र नगरपालिकाबाट पनि विभिन्न अनुदान प्रदान भइरहेको बताए । त्यसैगरी गाउँकै रामबहादुर चौधरीले तरकारीखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । “स्थानीयस्तरका साथै महेन्द्रनगर, अत्तरीया र धनगढीसम्म यहाँबाट तरकारी खपत हुन्छ”, चौधरीले भने, “यहाँका किसानलाई दातृ निकायबाट प्राविधिक जनशक्ति उपलब्ध हुँदा सहज पनि भएको छ ।”

त्यस्तै यहाँको शुक्लाफाँटा नगरपालिका–१ का राजेन्द्र चौधरी दुई वर्षपछि मलेसियाबाट फर्किएर गाउँमा किराना पसल सञ्चालन गरिरहेका छन् । कोरोनाका कारण रोजगार गुमेपछि घर फर्किएका चौधरीले गाउँमा थोरै लगानीमा पसल सञ्चालन गरेको बताउँदै आफू व्यापारमा जमेर लाग्ने योजनामा रहेको जानकारी दिए । “विदेशमा गर्ने मेहनत यहाँ गरे जे पनि काम गर्दा मुनाफा नै हुन्छ”, उनले भने, “स्वदेशमा स्वरोजगारका लागि प्रयासरत युवालाई सरकारले पनि प्रोत्साहन गर्नुपर्छ ।”

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंहले कृषि क्षेत्रमा कोरोना प्रभावित बढिरहेको बताए । “तरकारीखेती, पशुपालनलगायतका काममा अनुदानका लागि पनि आइरहेका छन्”, उनले भने, “प्रदेश सरकारबाट कोरोना प्रभावित तथा युवा लक्षित कार्यक्रमअन्तर्गत सहयोग भइरहेको छ ।” कार्यविधिअनुसार कृषितर्फ प्रभावित युवालाई रु ३० हजार अनुदान सहयोग प्रदान भइरहेको सिंले बताए । “प्रभावित ८ सय युवाले पहिलो चरणमा आवेदन दिए पनि छनोट गर्दै जाँदा प्रक्रिया पूरा गरेका सय जनालाई छनोट गरिएको हो”, उनले भने, “फेरि पनि प्रभावित प्रक्रिया पूरा गरेर कागजात पेश गरे केही सम्बोधन गर्नसक्ने भनिएको छ ।” रासस

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?