अछाममा नेकपा परित्याग गरि एक दर्जन बढी काँग्रेसमा प्रवेश

महेन्द्रनगर । अछाममा सत्तारुढ नेकपा परित्याग गरि झन्डै एक दर्जन बढी नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार जिल्लाको चौरपाटी गाउँपालिका–१ सिउँडीमा आयोजित नेपाली काँग्रेसको छलफल कार्यक्रममा नेकपाका १३ जना नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस चौरपाटी गाउँपालिकाका अध्यक्ष गणेश बहादुर शाहाको सभापतित्वमा सञ्चालित उक्त छलफल कार्यक्रमका प्रमुख अथिति जिल्ला पार्टी सभापति भरत कुमार स्वार रहेका थिए ।

प्रमुख अथिति स्वारले नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश गर्नेहरुलाई पाटीमा स्वागत गरेका थिए । कार्यक्रममा विशिष्ट अथिति पुर्ब जिल्ला पाटी सभापती मेघराज खड्का,अतिथी महासमिती सदस्य राजन कुवँर, निर्माण समन्वय विभाग केन्द्रिय सद्स्य तथा पूर्व महासमिती सदस्य खड्क साउँद रहेका थिए ।

त्यस्तै कार्यक्रममा काँग्रेस जिल्ला सदस्य तुलाराम साउँद ,टेक ब साउँद ,चक्र बोगटी, दिपक कुवँर, भरत बिक, कोषाध्यक्ष भरत बहादुर शाह, सदस्य महेश खड्का,साफेबगर नगरपालिकाका नगर सभापति गोकुल भाट, चौरपाटी गाउँपालिका उपाध्यक्ष माया कुवँर, वडा नम्बर ५ का वडा अध्यक्ष टेक बहादुर खड्का, छाया सरकारका संयोजक धर्म साउँद, चौरपाटी शिक्षक संघका अध्यक्ष किष्ण खड्का लगाएत अन्य नेता कार्यकर्ता तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।

ताजा खबर

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार...

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?