अछाममा नेकपा परित्याग गरि एक दर्जन बढी काँग्रेसमा प्रवेश

महेन्द्रनगर । अछाममा सत्तारुढ नेकपा परित्याग गरि झन्डै एक दर्जन बढी नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार जिल्लाको चौरपाटी गाउँपालिका–१ सिउँडीमा आयोजित नेपाली काँग्रेसको छलफल कार्यक्रममा नेकपाका १३ जना नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस चौरपाटी गाउँपालिकाका अध्यक्ष गणेश बहादुर शाहाको सभापतित्वमा सञ्चालित उक्त छलफल कार्यक्रमका प्रमुख अथिति जिल्ला पार्टी सभापति भरत कुमार स्वार रहेका थिए ।

प्रमुख अथिति स्वारले नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश गर्नेहरुलाई पाटीमा स्वागत गरेका थिए । कार्यक्रममा विशिष्ट अथिति पुर्ब जिल्ला पाटी सभापती मेघराज खड्का,अतिथी महासमिती सदस्य राजन कुवँर, निर्माण समन्वय विभाग केन्द्रिय सद्स्य तथा पूर्व महासमिती सदस्य खड्क साउँद रहेका थिए ।

त्यस्तै कार्यक्रममा काँग्रेस जिल्ला सदस्य तुलाराम साउँद ,टेक ब साउँद ,चक्र बोगटी, दिपक कुवँर, भरत बिक, कोषाध्यक्ष भरत बहादुर शाह, सदस्य महेश खड्का,साफेबगर नगरपालिकाका नगर सभापति गोकुल भाट, चौरपाटी गाउँपालिका उपाध्यक्ष माया कुवँर, वडा नम्बर ५ का वडा अध्यक्ष टेक बहादुर खड्का, छाया सरकारका संयोजक धर्म साउँद, चौरपाटी शिक्षक संघका अध्यक्ष किष्ण खड्का लगाएत अन्य नेता कार्यकर्ता तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?