कोरोनाबाट आज सात जनाको मृत्यु

काठमाण्डौँ । कोरोना भाइरस ९कोभिड—१९० बाट थप सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ पुरुष र २ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका २ महिला सहित ३ जना रहेका छन । मन्त्रालयका अनुसार काठमाडौंमा ३४ र ८६ वर्षिया महिला तथा ५४ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सुनसरीमा ६० वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष, सप्तरीमा ३९ वर्षिय पुरुष र रुपन्देहीमा ८२ वर्षिय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा आजसम्म मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।

आज नेपालमा १५ सय ५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । आज १२ हजार २ सय ५ पीसीआर परीक्षण गरिएकोमा ५ सय ८२ महिला र ९ सय ७७ जना पुरुषमा संक्रमण देखिएको हो । आज काठमाडौंमा ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा आजसम्म कोरोना संक्रमितको जम्मा संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

आज १ हजार ५७ जना गरी आजसम्म देशभरी ५६ हजार ४ सय २८ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन ।

आज आइसियुमा २ सय १ र भेन्टिलेटरमा ३० जना संक्रमितको उपचार भइरहेको छ । यस्तै संस्थागत आइसोलेसनमा देशभरी १० हजार ८७ र होम आइसोलेसनमा १० हजार ८ सय ४ जना संक्रमितको उपचार भइरहेको छ । फाइल फोटो 

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?