भारतीय हस्तक्षेपले हुलाकी मार्गको निर्माण कार्य अझै सुरु भएन, स्थानीय भन्छन्– ‘सरकार न हामीसँग बोल्छ न भारतसँग’

देवेन्द्र खड्का
महेन्द्रनगर । पूर्व झापाबाट पश्चिम कञ्चनपुरसम्म जोड्ने निर्माणाधीन राष्ट्रिय हुलाकी मार्गमा भारतीय पक्षले अवरोध गरेको झन्डै तीन महिना बितिसक्योे । उक्त सडक निर्माणमा भारतीय पक्षले अवरोध गरेको यो दोस्रो घटना हो । गतवर्ष पनि भारतीय पक्षले सडक निर्माणमा अवरोध गरेको थियो । झन्डै तीन महिनाअघि दोस्रोपटक असार २१ गते आइतबार कञ्चनपुरको बेलौरी नगरपालिका–८, पचुईस्थित ३८ नम्बर पिलर क्षेत्र नजिकै सडक कालोपत्रे [पिच] गर्ने तयारी हुँदै गर्दा भारतीय पक्षले बाधा पु(याएको थियो । एसएसबी र भारतीय प्रशासनिक अधिकारीलगायत करिब १५० जनाको हुल आएर सडक निर्माण भइरहेको क्षेत्र भारतको हो भन्दै निर्माण कार्य बन्द गरेर गएका थिए ।

असारमा भारतीय पक्ष दादागिरी शैलीमा नेपाली भूमिमै आएर सडकको काम रोकेर गएका स्थानीय हरिचन्द्र ठकुरीले बताए । ‘सडक निर्माणमा भारतीय पक्षले रोक लगाएको तीन महिना बितिसक्यो । तर सडकको निर्माण कार्य भने अझै सुरु हुन सकेको छैन ।’ ठकुरीले भने, ‘नेपाल सरकारले उक्त समस्याबारे चासो नदेखाउँदा निर्माणाधीन सडक अलपत्र परेको छ, र सीमा समस्या समाधान हुन सकेको छैन ।’ उनकाअनुसार भारतीयले भने अनुसार सीमा मान्ने हो भने उक्त सडकसहित लालपूर्जा भएको झन्डै ५४ बिघा जमिन भारततर्फ पर्नेछ । ‘भारतले भनेअनुसार सीमा मान्ने हो भने ५४ विघा पूर्जा भएको जमिन भारततर्फ पर्छ ।’ ठकुरीले भने, ‘सरकार मौन छ, न हामीसँग बोल्छ, न भारतसँग नै ।’ उनले अगाडि थपे ‘सरकारले उक्त जमिन भारतको हो, तपार्इँहरू छोड्नु भन्यो भने हामी छोड्न तयार छौँ । तर भारतको दादागिरी सहन सक्दैनाँै ।’ बेलौरी नगरपालिका–८ का वडाध्यक्ष नन्दकुमार रानाका अनुसार भारतीय पक्षले जिपिएस नक्साअनुसार उक्त क्षेत्र भारतीय भूमिमा पर्ने दाबी गरेको छ । उक्त सडक निर्माणको काम बाबाहंस सिद्धिकी निर्माण सेवाले गर्दै आएको छ । भारतीय एसएसबीले सडकखण्ड निर्माण रोक्न दबाब दिएपछि असारदेखि उक्त क्षेत्रको काम बन्द रहेको निर्माण कम्पनीका सञ्चालक चक्र शाहले बताए । उक्त क्षेत्रमा ३७ देखि ३९ नम्बर पिलरसम्म सीमा विवाद रहेको छ ।

बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले यस बारेमा संघीय, प्रदेश सरकार र प्रशासनसहितको टोलीलाई आफूले जानकारी गराएको बताए । उनले भने, ‘मैले यो विषयमा अस्ति नै मात्र आउनुभएको नयाँ सिडिओ सापलाई पनि समस्या समाधानका लागि जानकारी गराइसकेको छु ।’ तर प्रमुख जिल्ला अधिकारी रामकुमार महतो भने आफूलाई सडक निर्माणमा भारतीय पक्षले अवरोध गर्दै आएको सम्बन्धमा खबर नभएकोे बताए । ‘यो विषयमा कतैबाट पनि मैले आधिकारिक जानकारी पाएको छैन ।’ सिडिओ महतोले भने ‘त्यसैले यो विषयसम्बन्धी मलाई थाहा छैन ।’ सिडओ महतो गत महिना मात्रै कञ्चनपुर आएका हुन् ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?