सुदूरपश्चिमेली आपतकालीन राहत कोषः सुदूरपश्चिमेली समाज दक्षिण कोरियाद्धारा ९७ हजार आर्थिक सहयोग

कोरिया । सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त पहलमा स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहत कोषमा सुदूरपश्चिमेली समाज दक्षिण कोरियाले नेपाली रु ९७ हजार आर्थिक सहयोग गरेको छ ।

सुदूरपश्चिमेली नेपाली समाजहरुको साझा अभियान अन्तर्गत विश्व भरिमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा, विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा लगायत विभिन्न परोपकारी कार्यको लागी स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहतकोष अभियानमा सुदूरपश्चिम समाज दक्षिण कोरियाले उक्त रकम सहयोग गरेको हो ।

सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ईश्वर रोकायाको नेतृत्वमा सुदूरपश्चिम समाज दक्षिण कोरियाका सामाजिक अभियन्ता नर बहादुर बोगटी,केशब रिमाल,उल्सान सिंह,करन सिंह बुढा लगायतको अगुवाईमा कोरियामा अभियान सन्चालन गरि रकम जम्मा गरेको सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रिय अध्यक्ष धनबहादुर बलायरले बताए ।

यस्तै सुदूरपश्चिम समाज दक्षिण कोरिया बुसानका पुर्व अध्यक्ष तथा सुदुरपश्चिमेलि नेपाली समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ईश्वर रोकायाले उक्त आपतकालीन राहत कोषमा नेपाली रु ३१ हजार सहयोग गर्नु भएको छ ।

आफ्ना हजारौं सपनाहरु साकार पार्न रोजगारको सिलसिलामा कोरियामा रहेका सुदूरपश्चिमेली, नेपालीहरुबाट उक्त सुदूर पश्चिमेली आपतकालीन राहत कोषको लागि सहयोगार्थ रकम जम्मा गरेकोमा सुदूरपश्चिम समाज दक्षिण कोरिया तथा सहयोगी सम्पुर्णलाई सुदूरपश्चिमेली नेपाली समाजले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको प्रचार(प्रसार प्रमुख दिनेश खड्का’खप्तडी’ले बताए ।

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?