सुदूरपश्चिमेली आपतकालीन राहत कोषः सुदूरपश्चिमेली समाज दक्षिण कोरियाद्धारा ९७ हजार आर्थिक सहयोग

कोरिया । सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त पहलमा स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहत कोषमा सुदूरपश्चिमेली समाज दक्षिण कोरियाले नेपाली रु ९७ हजार आर्थिक सहयोग गरेको छ ।

सुदूरपश्चिमेली नेपाली समाजहरुको साझा अभियान अन्तर्गत विश्व भरिमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा, विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा लगायत विभिन्न परोपकारी कार्यको लागी स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहतकोष अभियानमा सुदूरपश्चिम समाज दक्षिण कोरियाले उक्त रकम सहयोग गरेको हो ।

सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ईश्वर रोकायाको नेतृत्वमा सुदूरपश्चिम समाज दक्षिण कोरियाका सामाजिक अभियन्ता नर बहादुर बोगटी,केशब रिमाल,उल्सान सिंह,करन सिंह बुढा लगायतको अगुवाईमा कोरियामा अभियान सन्चालन गरि रकम जम्मा गरेको सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रिय अध्यक्ष धनबहादुर बलायरले बताए ।

यस्तै सुदूरपश्चिम समाज दक्षिण कोरिया बुसानका पुर्व अध्यक्ष तथा सुदुरपश्चिमेलि नेपाली समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ईश्वर रोकायाले उक्त आपतकालीन राहत कोषमा नेपाली रु ३१ हजार सहयोग गर्नु भएको छ ।

आफ्ना हजारौं सपनाहरु साकार पार्न रोजगारको सिलसिलामा कोरियामा रहेका सुदूरपश्चिमेली, नेपालीहरुबाट उक्त सुदूर पश्चिमेली आपतकालीन राहत कोषको लागि सहयोगार्थ रकम जम्मा गरेकोमा सुदूरपश्चिम समाज दक्षिण कोरिया तथा सहयोगी सम्पुर्णलाई सुदूरपश्चिमेली नेपाली समाजले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको प्रचार(प्रसार प्रमुख दिनेश खड्का’खप्तडी’ले बताए ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?