म गाउँले पाखे

रबिन्स ओझा

म गाउँले हु र जो कोई ले नि गाउँले भनेर बोलाएको मलाई मन पर्छ । सहरमा मेरो उपस्थितलाई कदर, सम्मान, इज्जत दिने भन्दा पनि गाउँले पाखे को संज्ञा दिएर बदनाम गर्नेहरु धेरै भेट्छु तर महोदय हजुरहरुलाई धन्यवाद ! तपाइँहरुको घृणा मेरो लागि प्रेरणा र मातृभूमि प्रती मेरो माया देखाउन सम्झाउने एउटा असल माध्यम हुन पुग्छ , त्यसैले मलाई अझै गाउँले को नामले पुकार्नुहोला ।

तपाईंको सहरमा चिल्लो कारहरू चढ्ने , कालो कोट ,दाउरा , सुरुवालमा सजित नेपाली ढाका टोपी अथवा कालो भादगाउँले टोपी शिरमा राखेर नेपाली पहिरन लगाएका नेता ज्युहरु प्रधानमन्त्री लगायत सम्पूर्ण मन्त्री मण्डलको बास हुन्छ होला , कुनै भवनको बाहिरपट्टि अदालत लेखिएका भवनहरु छन होला , सत्य सेवा सुरक्षणम् लेखिएका प्रहरी चौकीहरु नि छन होला , मनलाई अरिङ्गालको गोलो झैँ बनाएर मुखले पबित्र माहुरीको मह जस्ता कुरा गर्ने तपाईंले सम्मान गर्ने प्रतिष्ठित ब्यक्ती हुनुहुन्छ होला , एउटा कृत्रिम साधनको प्रयोग गरेर क्षणिक रमाइलो दृश्य बनाएको ठाउँ नि छन होला र होलान मोबाइल र ल्यापटपमा सबै समय खर्च गरेर परिवारको माया सामाजिक सञ्जालबाट लिनेहरु र उचित सत्यता बाट बञ्चित जस्को आवश्यकता सबैलाई पर्छ ।

तर महोदय जुन नेताले समय समयमा निर्णय बद्लेर हामी सबैको पसिना र मेहनतको राजस्वलाई खर्च गरेर आफ्नो सबै बाचाहरु बिर्सेर हाम्रो र हाम्रो भविस्यको उन्नतिका लागि काम न गरि उल्टै दुई शब्दको हावा भाषण जस्ले हामी सबै सिधा सोझा जनतालाई फकाउन मद्दत गर्छ उनिहरु त्यसै तुच्छ कार्य सम्पन्न गर्न लाखौं पैसा खर्च गरेर हाम्रै अगाडि राजाको झैं हेलिकप्टरबाट सवारी गर्ने तर समाजमा भएको अत्याचार , हत्या , हिंसा जस्ता अमानवीय क्रियाकलापको बारेमा बहस गर्न उचित नमान्ने नाम मात्रैको नेता त्यस्तो सरकार भएको ठाउँ चाहिदैन मलाई , भवनको बाहिर न्यालय अदालत लेखिएको तर एउटा देशब्यापी रुपमा थाहा भइ सबैले न्याय मागेको ३ करोड जनताको माग एउटा निर्मला पन्त बहिनीको १३ बर्षको कलिलो उमेरमा गरिएको बलात्कार पछि हत्या जो सोच्दा समेत अमानवीय अकल्पनीय तर कुनै मान्छेको भेषमा पशु समानले घटाइदियो उक्त घटना जस्तै अरु थुप्रै एसिडको घटना थुप्रै बलात्कारको घटना अझ थुप्रै दिन(प्रतिदिन थपिदै गएको हत्याहिंसाको घटनाको ठोस कुरामा ध्यानकेन्दृत नहुने अलि ठूलो पदमा पुगेका नेताहरु बाहेकका अरु जनतालाई शान्ति शुरक्षाको आभास दिलाउन नसक्ने दोषीलाई कारबाहीको घेरामा न ल्याएर निर्दोशिलाई दोषी साबित गरि असत्यको पक्षमा साथ दिइरहेको नाम मात्रैको अदालत र नारा मात्रै सत्य सेवा सुरक्षणम् भएको सुरक्षाकर्मीको पोस्ट भन्ने शब्द पनि देख्न र सुन्न न परोस् ।

यस्तो सहरमा बस्नु भन्दा त गरिब भए पनि मन ठूलो भएका एकआपसमा मिलिजुली बस्ने पुरै गाउँघरलाई एउटै सिङ्गो परिवार समान ठान्ने प्राकृतिक रुपमा सौन्दर्यात्मक दृश्यलाई अबलोकन गर्न सकिने मेरो गाउँ नै ठिक छ मलाई बन्नु छैन सहरिया बोक्नु छैन मोबाइल अनि ल्यापटप म भावनात्मक रुपमा मेरो परिवार सङ्ग मायाप्रेम साट्न चाहान्छु ती दुष्ट पापीहरु हत्यारालाई देख्नु छैन कसैको बारेमा पत्ता लागाउनु छैन कसैको बारेमा समाचार सुन्नु छैन त्यसैले दुर्गम बस्ती नै मेरो लागि स्वर्ग छ मेरो लागि प्यारो छ म गाउँले पाखे नै ठिक छुँ ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?