कञ्चनपुर ०९ जेठ

कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। शनिबार आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई अभिभावकसहित सम्मान गरिएको हो।
विद्यालयका अनुसार यस वर्षको एसईई परीक्षामा सशांक जोशी र अनमोल चन्दले ‘फोर जीपीए’ ल्याउन सफल भएका छन्। साथै, विद्यालयका ५५ जना विद्यार्थीहरूले ‘ए प्लस ९ब्ं०’ ग्रेड प्राप्त गरेका छन्, जुन सुदूरपश्चिम प्रदेशमै कुनै एक विद्यालयबाट आएको सबैभन्दा बढी संख्या भएको दाबी गरिएको छ। ुए ग्रेडु ७३, बी प्लस ११ जना, एक जनाले बी ग्रेडसहित एक सय ४० जनाले उतिर्ण गरेका छन् ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल श्याम सिंह मौनीले थप दुई विद्यार्थीको नतिजा पुनर्योग प्रक्रियामा रहेको र उनीहरूले पनि ‘फोर जीपीए’ ल्याउने आशा व्यक्त गरे। उनले विद्यार्थीहरूलाई प्रेरित गर्दै प्राप्त उपलब्धिमा सन्तुष्टि लिन र जीवनका आगामी चुनौतीका लागि निरन्तर मेहनत गर्न सुझाव दिए ।
२० वर्षअघि स्थापना भएको यस विद्यालयले वि।सं। २०६५ सालदेखि कक्षा १० सम्मको अध्यापन सुरु गरेको हो भने वि।सं। २०६९ सालदेखि प्लस टु ९कक्षा ११–१२० सञ्चालन गर्दै आएको छ। हाल विद्यालयमा १४ औं ब्याच अध्ययनरत् रहेको छ।
विद्यालय प्रशासनका अनुसार प्लस टु तहमा सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी विद्यार्थी यसै संस्थामा अध्ययनरत् छन्। संस्थाले हालसम्म करिब ६० करोड रुपैयाँ लगानी गरिसकेको छ ।
हाल विद्यालयमा ८० जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। ‘सुदूरपश्चिममा विद्यार्थीको पहिलो रोजाइको विद्यालय ’ बन्ने लक्ष्यसहित सञ्चालनमा रहेको यस विद्यालयले अभिभावकहरूको विश्वास जित्न सफल भएको दाबी गरेको छ।
१०० विद्यार्थीलाई छात्रवृत्ति घोषणा
लिटिल बुद्धले एक सय जनालाई छात्रवृत्ति दिने घोषणा गरेको छ । जस अन्तरगत ५० जनालाई पुर्ण छात्रवृत्ति ५० जनालाई ५० ५ छात्रवृत्ति दिने घोषणा गरेका छ ।
आगामी शैक्षिक सत्रका लागि विद्यालयले एक सय जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।
विज्ञान, वाणिज्य र कानुन संकायमा अध्ययन गर्ने विद्यार्थीहरूलाई उक्त सुविधा उपलब्ध गराइनेछ। साथै, लिटिल बुद्ध एकेडेमीबाटै एसईई उत्तीर्ण भई सोही विद्यालयमा प्लस टु अध्ययन गर्ने विद्यार्थीहरूलाई २० प्रतिशत शुल्क छुटको व्यवस्था गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सुन्दर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षक, कर्मचारी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयले आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्मानपछि विद्यार्थीहरूले खुशी व्यक्त गर्दै आगामी अध्ययनका लागि पनि यही विद्यालय रोज्ने बताएका छन्। थय बचग उबतचष्पब पय लभधक जय थबकबिष् बष् िाबचबप तबचष्पब भि भिपज मबतब ाबचबप लबउबचलभ नबचष्
लिटिल बुद्ध एकेडेमीको एसईई नतिजा उत्साहजनक स् दुई विद्यार्थीले ल्याए ‘फोर जीपीए’, ५५ जनाले ‘ए प्लस’
महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीले माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई सम्मान गरेको छ। शनिबार आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूलाई अभिभावकसहित सम्मान गरिएको हो।
विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको एसईई परीक्षामा सशांक जोशी र अनमोल चन्दले ‘फोर जीपीए’ ल्याउँदै विद्यालयको गौरव बढाएका छन्। त्यस्तै ५५ जना विद्यार्थीले ए प्लस प्राप्त गरेका छन्, जुन सुदूरपश्चिम प्रदेशकै एकल विद्यालयबाट आएको सबैभन्दा उच्च संख्या भएको विद्यालयको दाबी छ।
यसैगरी, ७३ जनाले ‘ए’ ग्रेड, ११ जनाले ‘बी प्लस’ र एक जनाले ‘बी’ ग्रेड हासिल गरेका छन्। कुल १४० विद्यार्थी परीक्षामा उत्तीर्ण भएका विद्यालयले जनाएको छ।
सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल श्याम सिंह मौनीले हाल थप दुई विद्यार्थीको नतिजा पुनर्योग प्रक्रियामा रहेको जानकारी दिँदै उनीहरूले पनि ‘फोर जीपीए’ प्राप्त गर्ने अपेक्षा व्यक्त गरे। उनले विद्यार्थीहरूलाई उपलब्धिमा मात्र सीमित नरही भविष्यका लक्ष्यतर्फ निरन्तर मेहनत गर्न सुझाव दिए।
करिब दुई दशकअघि स्थापना भएको लिटिल बुद्ध एकेडेमीले वि।सं। २०६५ सालदेखि कक्षा १० सम्म र २०६९ सालदेखि कक्षा ११–१२ को अध्यापन सुरु गरेको हो। हाल विद्यालयमा १४औँ ब्याच अध्ययनरत रहेको जनाइएको छ।
विद्यालय प्रशासनका अनुसार प्लस टु तहमा सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको दाबी गरिएको छ। संस्थाले हालसम्म करिब ६० करोड रुपैयाँ लगानी गरिसकेको छ भने ८० जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।
यसैबीच, आगामी शैक्षिक सत्रलाई लक्षित गर्दै विद्यालयले १०० जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ। जसअनुसार ५० जनालाई पूर्ण छात्रवृत्ति तथा ५० जनालाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ। विज्ञान, व्यवस्थापन र कानुन संकायमा अध्ययन गर्ने विद्यार्थीले उक्त सुविधा पाउने विद्यालयले जनाएको छ।
साथै, लिटिल बुद्ध एकेडेमीबाटै एसईई उत्तीर्ण भई सोही विद्यालयमा प्लस टु अध्ययन गर्ने विद्यार्थीलाई २० प्रतिशत शुल्क छुटको व्यवस्था गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सुन्दर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षक, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमपछि सम्मानित विद्यार्थीहरूले विद्यालयप्रति खुशी व्यक्त गर्दै आगामी अध्ययनका लागि पनि यही संस्था रोज्ने प्रतिक्रिया दिएका थिए।


