कञ्चनपुरका खाती दम्पत्ति ह[त्या’मा स्थानियकै संलग्नता

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा भएको खाती दम्पत्ती हत्या प्रकरणमा स्थानियकै संलग्नता रहेको पाइएको छ ।

साउन १६ गते राती १ बजे बेलौरी नगरपालिका–७ का ६३ वर्षिय घनश्याम खाती र उनकी श्रीमती ४५ वर्षिया बेली देबीमाथी धारिलो हतियार प्रयोग गरि आक्रमण भएको थियो ।

उत्त घटनामा श्रीमती बेली देबीको घटनास्थलमै मृत्यु भएको थियो भने श्रीमान घनश्यामको बाकेँको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

खाती दम्पतीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–७ भगतपुरका ५३ वर्षीय प्रकाश ऐर, ३५ वर्षीय दिनेश राना, बेलौरी नगरपालिका–६ हात्तीबोझाका ३६ वर्षीय होरी राना र कृष्णपुर नगरपालिका–२ का ४५ वर्षीय रबि रानालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका प्रकाश र दिनेश खाती दम्पतीकै छिमेकी हुन् । घटनामा संलग्न रहेकालाई सोमबार कञ्चनपुर प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

यस्तो छ घटना विवरण

छिमेकी प्रकाश ऐरले मृतक घनश्याम खातीलाई १५ वर्ष पहिला बोक्सीको आरोप लगाएको विषयमा उनिहरुविच विगत लामो समय देखी एक आपसमा विवाद थियो ।

सोही कारण ऐरले खातीलाई मार्न योजनाबद्ध तरिकाले कृष्णपुर नगरपालिका–२ का भर्रा भन्ने रबी रानालाई नगद ४ लाख सुपारी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवत्ता अमर बहादुर थापा क्षेत्रीले बताए ।

‘रबिले रातिको समयमा उनीहरुको घरमा गएर धारीलो हतियार प्रयोग गरी हत्या गरेको हो,’ डिएसपी थापाले भने ।

हत्या गर्नुपूर्व दिनेश र होरी रानाले खाती दम्पतीका छोरा राजेश लाई घर जान नदिएर आफु संगैँ लगेर रक्सी सेवन गराएर अप्रत्यक्ष रुपमा हत्या गर्न सहयोग गरेको डिएसपी थापाले बताए ।

उनले भने ‘दिनेश र होरीले अप्रत्यक्ष रुपमा हत्या गर्न सघाएको अनुसन्धानमा खुलेको छ ।’ उत्त घटना घटिसकेपछी मात्रै दिनेशले खाती दम्पतीका छोरा राजेशलाई मोटरसाइकलमा घर छोडेर आफु फिर्ता भएकोे प्रहरीले जनाएको छ ।

साउन १९ गते खाती दम्पत्तीका छोरा राजेशले दिएको किटानी जाहेरीका आधारमा हत्यामा संलग्न रहेका उनिहरुलाई प्रक्राउ गरिएको डिएसपी थापाले जनाकारी दिए ।

उनले भने ‘रविको घरमा लुकाएर राखिएको १ लाख ५० हजार नगद रुपैया पनि बरामद गरीएको छ ।’

उनिहरुबिरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप अनुमति लिएर प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

झलारी। शुक्लाफाँटा नगरपालिकामा एकिकृत फोहर व्यवस्थापन केन्द्र निर्माणको काम...

शुक्लाफाँटामा व्यवसाय सचेतना तालिम सुरु

झलारी। शुक्लाफाँटा नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशिलता विकास तथा...

शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अतिरिक्त कक्षा संचालनमा

झलारी। शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा संचालित अतिरिक्त कक्षाको अनुगमन...

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

झलारी। शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले ४० परिवारको निःशुल्क स्वास्थ्य...

मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्छौः नगर प्रमुख महरा

झलारी। शुक्लाफाँटा नगरपालिका–८ स्थित मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?