कञ्चनपुरका खाती दम्पत्ति ह[त्या’मा स्थानियकै संलग्नता

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा भएको खाती दम्पत्ती हत्या प्रकरणमा स्थानियकै संलग्नता रहेको पाइएको छ ।

साउन १६ गते राती १ बजे बेलौरी नगरपालिका–७ का ६३ वर्षिय घनश्याम खाती र उनकी श्रीमती ४५ वर्षिया बेली देबीमाथी धारिलो हतियार प्रयोग गरि आक्रमण भएको थियो ।

उत्त घटनामा श्रीमती बेली देबीको घटनास्थलमै मृत्यु भएको थियो भने श्रीमान घनश्यामको बाकेँको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

खाती दम्पतीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–७ भगतपुरका ५३ वर्षीय प्रकाश ऐर, ३५ वर्षीय दिनेश राना, बेलौरी नगरपालिका–६ हात्तीबोझाका ३६ वर्षीय होरी राना र कृष्णपुर नगरपालिका–२ का ४५ वर्षीय रबि रानालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका प्रकाश र दिनेश खाती दम्पतीकै छिमेकी हुन् । घटनामा संलग्न रहेकालाई सोमबार कञ्चनपुर प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

यस्तो छ घटना विवरण

छिमेकी प्रकाश ऐरले मृतक घनश्याम खातीलाई १५ वर्ष पहिला बोक्सीको आरोप लगाएको विषयमा उनिहरुविच विगत लामो समय देखी एक आपसमा विवाद थियो ।

सोही कारण ऐरले खातीलाई मार्न योजनाबद्ध तरिकाले कृष्णपुर नगरपालिका–२ का भर्रा भन्ने रबी रानालाई नगद ४ लाख सुपारी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवत्ता अमर बहादुर थापा क्षेत्रीले बताए ।

‘रबिले रातिको समयमा उनीहरुको घरमा गएर धारीलो हतियार प्रयोग गरी हत्या गरेको हो,’ डिएसपी थापाले भने ।

हत्या गर्नुपूर्व दिनेश र होरी रानाले खाती दम्पतीका छोरा राजेश लाई घर जान नदिएर आफु संगैँ लगेर रक्सी सेवन गराएर अप्रत्यक्ष रुपमा हत्या गर्न सहयोग गरेको डिएसपी थापाले बताए ।

उनले भने ‘दिनेश र होरीले अप्रत्यक्ष रुपमा हत्या गर्न सघाएको अनुसन्धानमा खुलेको छ ।’ उत्त घटना घटिसकेपछी मात्रै दिनेशले खाती दम्पतीका छोरा राजेशलाई मोटरसाइकलमा घर छोडेर आफु फिर्ता भएकोे प्रहरीले जनाएको छ ।

साउन १९ गते खाती दम्पत्तीका छोरा राजेशले दिएको किटानी जाहेरीका आधारमा हत्यामा संलग्न रहेका उनिहरुलाई प्रक्राउ गरिएको डिएसपी थापाले जनाकारी दिए ।

उनले भने ‘रविको घरमा लुकाएर राखिएको १ लाख ५० हजार नगद रुपैया पनि बरामद गरीएको छ ।’

उनिहरुबिरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप अनुमति लिएर प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

बाल विवाह रोक्न भीमदत्त र दोधाराचाँदनीमा सबल बालिका परियोजना

सञ्जय महर, मंसिर २४ कञ्चनपुरको दोधाराचाँदनी र भीमदत्त नगगरपालिकामा बाल...

कृष्णपुरमा आश्चर्यित वन फँडानी जब फैलियो हल्ला, क्षणभरमै भङ्गार बन्यो गौरिघाट

कञ्चनपुर २३ मंसिर मर्दा–पर्दा दाउरा स्याउलाको जोहोको पर्याय बनेको सामुदायिक...

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?