छिमेकीको हत्या गरी फरार भएका गोरे पक्राउ

महेन्द्रनगर । छिमेकीको हत्या गरी फरार भएका कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का गौरव खड्का(गोरे) पक्राउ परेका छन् ।

आईतबार राती बन्चरो प्रहार गरी छिमेकी ५० वर्षिया गोपाल कुवँरको हत्या गरी उनि फरार रहेका थिए ।

कुवँरको हत्या गरी फरार रहेका गोरेलाई पुनर्वास नगरपालिका–५ स्थित उनकै निजि निवासबाट पक्राउ गरीएको प्रहरी नायव उपरिक्षक अमर थापाले बताए ।

‘हत्या गरी फरार गोरेलाई आज विहान उनकै घरबाट पक्राउ गरेका छौ ।’ डिएसपी थापाले भने‘उनलाई जिल्ला प्रहरी कार्यालय ल्याउने काम भइरहेको छ । एकछिनमा हामी हत्या गर्नुको कारण सहित हत्यारालाई सार्वजनिक गर्छौ ।’

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?