डोटीमा पहिरोमा पुरीएर ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते

महेन्द्रनगर । डोटीमा पहिरोमा पुरीएर ६ महिने शिशुको ज्यान गएको छ ।

अविरल वर्षासँगै आएको पहिरोमा परी आइतबार जिल्लाको पूर्वीचौकी गाउँपालिका –४ सानागाउँ स्थित नुवाकोट टोलका भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भिमप्रशाद भट्टराईले बताए ।

उनले भने ‘पहिरोमा परी शिशुको मृत्यु भएको छ भने मृतक शिशुकी आमा देवा नेपाली गम्भीर घाइते भएकी छन् ।’ गम्भीर घाइते देवा नेपालीलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

उनका अनुसार घरभित्र भक्त नेपालीका श्रीमती, दुई छोरा र एक छोरी गरी ५ जना रहेकोमा अरु भने भागेर बाँच्न सफल भएका छन् ।

उनले भने ‘पहिरोले घर भत्काएको छ अन्य के कती क्षती भएको छ भन्ने एकीन जानकारी आएको छैन ।’फाइल फोटो

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?